ट्याङकरको ठक्करबाट दुईजनाको मृत्यु

 भदौ २२, २०७५ शुक्रबार ९:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चितवनको भुरझुरेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । 

चितवनबाट मकवानपुरका लागि छुटेको ना २ ख ८५३९ नम्बरको ट्याङकरले ग ५ प ८२६० नम्बरको मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिँदा मकवानपुर छत्तिवनका सुकमान स्याङ्तान र बारा जितपुर १६ का प्रेमबहादुर मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया