टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शु...
बैशाख १२, २०८१ बुधबार
बैतडी – बैतडीको पाटन नगरपालिका–६, भिटामोडमा बुधबार राति बेहोस अवस्थामा भेटिएका पाटन नगरपालिका ६ लामाखेतका बलदेब अवस्थीको मृत्यु भएको छ ।
राति साढे आठ बजे घाइते अवस्थामा भेटिएका उनको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक अवस्थीको घु्ँडा र अण्डकोषमा चोट लागेर बेहोस भएको अवस्थामा प्रहरीले बिहीबार राती फेला पारेको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।