खाडीमा भेटिएका अर्घाखाँची आक्रमणका एम्बुस कमाण्डर (भिडियो)

 जेठ २०, २०७५ | मोहन पौडेल
unn.prixa.net

काठमाडौं, जेठ २० – ‘म त छुट्टै संसारबाटै आएको मान्छे, यहाँ आउँदा पनि त्यस्तै भएको थियो’ उहाँको यो वाक्यभित्र धेरै कुरा लुकेको जस्तो लागेपछि कुरा लम्ब्याएँ । उहाँ अर्थात पृथिछक बुढामगर । 

रुकुमको रन्मामैकोट जन्मिएका पृथिछक अहिले खाडीको देश युएईमा हुनुहुन्छ । जीवनको संघर्ष कुनै समय राज्य विरुद्धको संघर्षबाट सुरु भएको थियो । त्यतिबेला पृथिछक कक्षा ११ मा पढ्नुहुन्थ्यो । माओवादी जनयुद्ध चर्किंदै थियो । 

त्यो दिन उहाँ कक्षामै हुनुहुन्थ्यो । एक हुल व्यक्ति आए अनि भने, यो बर्जुवा शिक्षा पढ्नु हुँदैन । यो पढेर केही काम छैन भन्दै भाषण गरे । अहिले विद्रोह गर्‍यो भने समाजमा अहिले रहेको असमानता अन्त्य हुन्छ भने । मरुभूमि पुग्दा जसरी उहाँलाई छुट्टै संसारबाट आएको जस्तो लागेको थियो त्यतिबेला पनि साँच्चै हामीमाथि विभेद गरिएकै छ अनि विद्रोह गरेपछि त्यो हट्छ भन्ने लाग्यो । 

उहाँले उतिबेलै पढ्दै गरेको किताब च्यात्नुभयो अनि युद्धको मोर्चामा होमिनुभयो । हिजोसम्म किताब समाउने पृथिछकका हातमा बन्दुक पर्‍यो । लडाकु भएर हिँडेको केही समयमा उहाँ सहभागी दस्ताले अर्घाखाँचीमा आक्रमण गर्ने भयो ।

उहाँ त्यतिबेला ६ नम्बर प्लाटुनको भाइस कमाण्डर हुनुहुन्थ्यो । उहाँ एम्बुसमा हुनुहुन्थ्यो । आक्रमण भयो । ‘सिडियो कार्यालय बाहेक अरु त माटै भको थ्यो नि’ पृथिछक त्यतिबेलाको क्षण सम्झिनुहुन्छ । एम्बुसतिर भएकाले आक्रमण सकिएपनि उहाँको टोलीको काम सकिएको थिएन । ‘एम्बुसको काम चाहिँ लडाईँ सकिएको एक दिनपछि मात्रै सकिँदो रहेछ’ उहाँले काम लम्बिनुको कारण पनि बुझाउनुभयो । 

 
यहाँबाट भनिएको भन्दा ५० दिर्हाम धेरै दिने प्रस्ताव गरे अन्तवार्ता लिन बसेकाहरुले । त्यो उहाँका लागि खुशीको कुरो थियो । तर उहाँले त्यो प्रस्ताव स्वीकार गर्नुभएन । ‘८ सय रुपैयाँ दिने भनियो तर मेरो सोच के भने मलाई ७ सय ५० दिर्हाम भनिएको हो किन ८ सय भन्ने सोचें’ उहाँ भन्नुहुन्छ ‘त्यतिबेलाको मेरो सोच के हो तर इनोसेन्ट चैं थिएँ ।’

 

तर अर्को दिन आक्रमण गर्नेहरुले नसोचेको घटना भयो । आक्रमण सकेर फर्किने क्रममा उनीहरु सेनाबाट घेरिए । हिजोसम्म एकै ठाउँमा रहेको लडाकुको जत्था अब तितरबितर भयो । धेरै मारिए पनि । ज्यान जोगाउन भाग्नुको बिकल्प थिएन । सबै भाग्न थाले । पृथिछक पनि भाग्नुभयो । आफैंसँग लड्न गएका केहीले ज्यान गुमाउँदा पृथिछकलाई भने एउटा सानो चोट पनि लागेन । 

‘गोली छल्दै भागेको नि, सायद सानो भएकाले म बाँच्न सकें’ उहाँले भन्नुभयो । गोलीका बिचबाट जीवन पाएपछि पृथिछकको सोच फेरियो । केहीदिन अघिसम्म युद्धले समाज परिवर्तन गर्ने आँट लिएर युद्धमा होमिएका पृथिछकलाई त्यसपछि युद्ध लडेर केही नहुने रहेछ भन्ने लाग्यो । ‘युद्धबाट त हुने रैनछ कि जस्तो लाग्यो’ उहाँ भन्नुहुन्छ । 

पढ्ने बेलामा बन्दुक बोकेका उहाँले बन्दुक बिसाउने निधो गरेपछि बाटो पहिल्याउन सक्नुभएन । त्यसैले विदेशिने निधो गर्नुभयो । तर विदेशका बारेमा जानकारी हुनु त परैको कुरा सुन्नु पनि भएको थिएन उहाँले । 

त्यस्तो अवस्थाका पृथिछकलाई आफन्त पर्ने व्यक्तिले युएई पठाइदिए । त्यो पनि भिजिट भिसामा । आफू जन्मिएर हुर्किएको ठाउँबाट सदरमुकाम आउनै तीन दिन लाग्ने पृथिछकलाई विदेश त अर्कै संसार जस्तो भयो । त्यो स्वभाविक पनि थियो । 

भनिएको भन्दा धेरै पैसा पाउँदा जागिर नखाएपछि 

सन् २००४ मा भिजिट भिसामा पुगेका उहाँलाई काम खोजेर जागिरे हुनु थियो । पुगेको केही समयपछि अन्तर्वार्तामा बस्नुभयो । उहाँलाई पठाउने व्यक्तिले महिनाको ७ सय ५० दिर्हाम तलब हुन्छ भनेका थिए । 

यहाँबाट भनिएको भन्दा ५० दिर्हाम धेरै दिने प्रस्ताव गरे अन्तवार्ता लिन बसेकाहरुले । त्यो उहाँका लागि खुशीको कुरो थियो । तर उहाँले त्यो प्रस्ताव स्वीकार गर्नुभएन । ‘८ सय रुपैयाँ दिने भनियो तर मेरो सोच के भने मलाई ७ सय ५० दिर्हाम भनिएको हो किन ८ सय भन्ने सोचें’ उहाँ भन्नुहुन्छ ‘त्यतिबेलाको मेरो सोच के हो तर इनोसेन्ट चैं थिएँ ।’

पाएको जागिर नखाएपछि उहाँको संघर्षको कथा सुरु भयो पराइ भुमीमा । हिजोसम्म राज्यसँग भिडेका पृथिछक अब आफ्नै जिन्दगीसँग संघर्ष गर्नुपर्ने स्थितीमा पुग्नुभयो । तर परिवेश उहाँको अनुकुल थिएन । युएईका बारेमा केही थाहा थिएन अनि भाषा पनि आउँदैनथ्यो । त्यतिबेला साथीहरुले गरेको व्यवहार उहाँले अहिलेसम्म बिर्सिनुभएको छैन । 

त्यतिबेलाका कुरा सम्झिँदै उहाँले भनेका कुरा उहाँकै शब्दमा – मलाई हिन्दी भाषा आउँदैनथ्यो अङ्ग्रेजी त परैको कुरा हो । अहिले युनियन मेट्रो स्टेशन भएको ठाउँमा त्यतिबेला गार्डेन थियो । त्यहाँ टिभी राखिएको थियो । त्यहाँ कहिले रेस्लिङ अनि कहिले हिन्दी फिल्महरु देखाउँथ्यो । त्यो हेर्दै म भाषा सिकिरहेको थिएँ । त्यतिबेला मेरा साथी थिए । उनीहरुले मलाई कागजमा लेखिदिन्थे । तर फोहोरी कुरा लेखिदिनु हुँदो रैछ ।

चिनेको कोही थिएन । उहाँलाई खान समस्या हुन थाल्यो । चिसो किनेर खाने पैसा नभएपछि उहाँले नेपालीहरु कसैलाई चिठ्ठी लेखिदिनु हुन्थ्यो त कसैलाई सायरी । त्यसबाट पाएको पैसाले छाक मात्रै टर्दैनथ्यो । उनीहरु बस्ने एसी रुममै बस्न पनि पाउनुभयो । 

तीन महिनाको भिजिट भिसामा गएका पृथिछकको भिसाको म्याद सकियो तर काम पाउनुभएन । उहाँले आफूलाई पठाउने दलाललाई जानकारी गराउनुभयो । दलालले पैसा पठाइदिने भन्यो तर पठाएन । त्यतिबेला पाँच दिनसम्म भोकै बस्दाको पीडा पृथिछकको जीवनभरी बिर्सिन नसक्ने पीडा भएर दिमागमा बसेको छ । 

दुई तीन दिन उहाँले एउटा होटलमा पाउरोटी र चिया खाएर बिताउनुभयो तर पैसा नतिरेको भन्दै पासपोर्ट नै जफल गरिदिएपछि भने उहाँ झनै ठूलो संकटमा पर्नुभयो । त्यसपछिका पाँच दिनसम्म खानाको रुपमा एउटा टुक्रा पनि मुखमा हाल्न नपाउँदा उहाँको हालत साँच्चै खराब भयो । ‘पानी खान्थें तर अडिदैनथ्यो । पिसाब रोक्न सक्ने शक्ति पनि थिएन,’ उहाँ भन्नुहुन्छ । 

४७ केजीको ज्यान ४४ केजीको भारी 

जीवन मरणको दोसाँधमा पुगेपछि भने उहाँले नेपालबाट आफूलाई पठाउने व्यक्तिलाई फोन गरेर आफू माओवादी भएको भन्दै काम नलगाइदिए नछोड्ने चेतावनी दिनुभयो । त्यो चेतावनीले काम गर्यो । सायद ती व्यक्तिले खबर गरेरै होला उहाँले ३ सय दिर्हाम पाउनुभयो । त्यतिबेला उहाँले होटलमा चार पटकसम्म थपेर खाएको सम्झना अझै ताजै छ । 

 
माओवादी छोडेर नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराईले भनेका कुराप्रति पनि उहाँको चित्त दुखाई छ । ‘के सम्म भनेको थियो भने नयाँ शक्ति पार्टीको सांसद हुन डिग्री गरेको हुनुपर्छ रे, डिग्री त उसको छोरी पो पढ्यो हामी त लडिरहेका छौं । अनि हामीले कसरी पढ्न सक्छौं’ उहाँ भन्नुहुन्छ ‘तिनीहरुले हामीलाई खेलबाड गरेको हो ।’ 

 

त्यसको केही समयपछि पृथिछकले काम पाउनुभयो । त्यो पनि महिनाको १५ सय दिर्हाम पाउने गरी । ‘त्यतिबेला भाषा नजान्ने मान्छेले कसरी यत्रो तलबको जागिर पायो भनेर साथीहरु छक्क परेका थिए,’ उहाँ भन्नुहुन्छ । 

काम त पाउनुभयो तर आफ्नो ज्यानको तौल जत्तिकै ठूलो भारी बोक्नुपर्ने । ४७ केजीका पृथिछकले ४४ केजीको बोरा बोकेर ७ तलासम्म पुर्याउनुपर्ने थियो । त्यसबाट पनि पछि हट्नुभएन । ‘पाकिस्तानीलाई जित्थें नी रुकुममा जन्मेको मान्छे पो त ।’ पृथिछकले हाँस्दै सुनाउनुभयो । तर त्यही दुःखले अहिले उहाँको अवस्था फेरिँदै गएको छ । समयले उहाँलाई भाषा सिकायो । काम गर्ने तरिका पनि सिकायो । 

शान्ति प्रक्रियापछि नेपाल आउँदा आत्महत्याको सोच 

शान्ति प्रक्रिया सुरु भएपछि उहाँ नेपाल फर्किनुभयो । एक वर्ष बस्नुभयो । अब त नेपालमै केही गर्छु भन्ने आँट बोकेर फर्किनुभएको थियो पृथिछक । तर हिँजो युद्धमा लगाउनेहरुका कुरा सुनेपछि उहाँ आत्महत्या गर्ने मनस्थितीमा पुग्नुभयो । ‘हिजो पढ्ने बेलामा हामीलाई युद्धमा लगाए अनि आज जागिरका कुरा गर्दा भाई कति पढेको छौ भनेर सोध्ने’ अघिसम्म हाँसेका पृथिछकको अनुहारको रङ्ग फेरियो । 

नेताप्रतिको असन्तुष्टि त्यति मात्रै छैन । ‘म पो बेलैमा युद्ध छोडेर आएँ त म जस्तो कति साथीहरुको जिन्दगी के भयो’ पृथिछक सोध्नुहुन्छ ‘के युद्ध लड्ने बेलामा छाती नापेर भर्ना लिएका थिए ।’

माओवादी छोडेर नयाँ शक्ति पार्टी खोलेका बाबुराम भट्टराईले भनेका कुराप्रति पनि उहाँको चित्त दुखाई छ । ‘के सम्म भनेको थियो भने नयाँ शक्ति पार्टीको सांसद हुन डिग्री गरेको हुनुपर्छ रे, डिग्री त उसको छोरी पो पढ्यो हामी त लडिरहेका छौं । अनि हामीले कसरी पढ्न सक्छौं’ उहाँ भन्नुहुन्छ ‘तिनीहरुले हामीलाई खेलबाड गरेको हो ।’ 
  

मोहन पौडेल

भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेका मोहन पौडेल वैदेशिक रोजगारका विभिन्न पाटामा कलम चलाउनु हुन्छ । उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया