तीन वर्षपछि कांग्रेस जिल्ला कार्यसमितिले पूर्णता पायो

 भदौ २३, २०७५ शनिबार ८:५६:९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – नेपाली कांग्रेस जिल्ला कार्यसमितिले अधिवेशन भएको तीन वर्षपछि बल्ल पूर्णता पाएको छ ।

शुक्रबार साँझ अबेरसम्म जिल्ला सभापति दीपनकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको पदमा ८ जनालाई जिल्ला सदस्य पदमा मनोनित गरेको हो । मनोनित हुनेहरुमा पूर्वसांसद बिना पौडेल, शेरबहादुर बन, थीरबहादुर राई, नर्बु लामा, हरिश्वर थापामगर, भक्तबहादुर श्रेष्ठ, पदमबहादुर अधिकारी, भक्तबहादुर गुरुङ रहेका छन ।

२०७२ साल माघ २५ गते भएको जिल्ला अधिवेशनमा दीपनकुमार श्रेष्ठ र पासाङ्ग शेर्पाले बराबर मत ल्याएका थिए । त्यसको एक वर्षपछि केन्द्रीय समितिको रोहबरमा गोलप्रथाबाट श्रेष्ठ सभापतिमा चयन भएका थिए । 

सभापतिले लामो समय रिक्त पदमा मनोनित गर्न सकेको थिएन । जिल्ला अधिवेशनबाट २० जना निर्वाचित भएका थिए । भने ८ जना मनोनित गरी २८ सदस्यीय जिल्ला कार्यसमिति बनेको सभापति श्रेष्ठले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया