मुलुकी ऐनले मुलुकको निर्माण व्यवसाय क्षेत्रलाई धरापमा पार्न खोजेको छ: अध्यक्ष श्रेष्ठ

 भदौ २३, २०७५ शनिबार १९:२३:१५ | गोपाल भण्डारी

कपिलवस्तु – संशोधित मुलुकी ऐनले मुलुकको निर्माण व्यवसाय क्षेत्रलाई धरापमा पार्न खोजेको निर्माण व्यवसायीहरुले आरोप लगाएका छन् । 

कपिलवस्तु निर्माण व्यवसायी संघको पांचौ जिल्ला अधिवेशन उद्घाटन गर्न सदरमुकाम तौलिहवा पुगेका नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष विष्णुभाई श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै संसारमै नभएको नियम सरकारले नेपालमा निर्माण व्यवसायीहरु उपर लगाउन खोजेको बताउनु भएको छ । 

केही समयका लागि आफुहरु ऐन संशोधन हुने प्रतिक्षामा रहे पनि सरकारले ऐन संशोधन गरी निर्माण व्यवसायमैत्री नबनाए देशै भर निर्माण व्यवसायीहरु आन्दोलित हुने उहांले चेतवानीसमेत दिनुभएको छ । 

कपिलवस्तु निर्माण व्यवसायी संघको तौलिहवामा शुरु भएको ८ औं अधिवेशनबाट ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छनौटका लागि तौलिहवामा छलफल अघि बढेको छ । अध्यक्ष पदमा वर्तमान चन्द्र शेखर श्रेष्ठ र गुन्जन कुमार गुप्ता बीच प्रतिस्पर्धा देखिएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया