तमाेर नदीमा हामफालेकी महिलाकाे ज्यान गयाे

 भदौ २३, २०७५ शनिबार १९:५३:१९ | सन्ताेष रुचाल

धनकुटा – धनकुटाको तमोर नदीमा हाम फालेर एक महिलाले शनिबार बिहान आत्महत्या गरेकी छिन् ।

धरान उपमहानगरपालिका–१४, विजयपुरकी ५५ वर्षीया भीमकुमारी भट्टराईले तमोर नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।
घरबाट बिहान उठेर हिँडेकी भट्टराई धनकुटाको मूलघाटमा गाडीबाट ओर्लिएर तमोर नदीमा बिहान करिब ९.५० बजे हामफालेकी थिइन् । तमोर नदीमा हाम फालेर बेपत्ता भएकी भट्टराईको शव मूलघाट प्रहरी चौकी, शसस्त्र प्रहरी बल बेस क्याम्प मूलघाट र स्थानीयवासीको सहयोगमा मूलघाटबाट ३ किलोमिटर तल फेला पारेको एसपी गुरुङले बताउनुभयो । 

शवलाई शनिबारै दिउँसो जिल्ला अस्पताल धनकुटामा ल्याएर पोष्टमार्टम गरी मृतकको जेठा छोरा कमल भट्टराईलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ । 

मृतक भट्टराईले नदीमा हाम फालेर आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । उनके एक श्रीमान् र दुई छोरा रहेका छन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • hemanta

    Sept. 8, 2018, 8:01 p.m.

    एक श्रीमान् ?? haha

  •  0 Reply

तपाईको प्रतिक्रिया