न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
मोरङ–३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।
घलेको जिल्ला अदालतमा बयान सुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहस हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।
छिरिङ नातामा ३३ किलो सुन तस्करी प्रकरण अर्का अभियुक्त भुजुङ गुरुङका साला पर्दछन् ।
यसअघि, गएको बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । जिल्ला प्रहरी कार्यालयले गएको वैशाख १९ गते सुन तस्करी, सनम शाक्यको हत्या र सांगठनिक रुपमा अपराधिक समूह सञ्चालन गरेको अभियोगमा घलेसहित ६३ जनामाथि मुद्दा दर्ता गरेको थियो ।