बेगनास तालमा हराइरहेका ६ जनाको खाेजी हुँदै

 भदौ २४, २०७५ आइतबार ७:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको ज्यान गएको थियो भने ६ जना हराइरहेका छन् । 

दुर्घटनामा ४ वर्षका रञ्जित गैह्रे, ५ वर्षका प्राचिन पौडेल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, अन्दाजी १८ वर्षकी मनिषा बजगार्इँ र ३२ वर्षका रवी खनाल, बेपत्ता रहेको र गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिनुभयो । 

बेगनासताल पारी दर खाने कार्यक्रममा जाँदै गर्दा डुंगामा रहेका एकजना बालक तालमा खसेपछि उनलाई बचाउन खोज्दा डुंङ्गा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार परि घर फर्कनुभएको छ ।

डुंगा डुब्दा पोखरा २८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको ज्यान गएको हो ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया