प्रकाण्डलाई केहीबेरमा जिल्ला अदालत दाङमा पेश गरिँदै

 भदौ २४, २०७५ आइतबार ११:३२:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेकपा माओवादी बिप्लव समूहका प्रवक्ता खडगवहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आइतबार दाङको जिल्ला अदालतमा उपस्थित गराइँदै छ । स्थानीय निर्वाचनका समयमा व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरी दाङ ल्याइएका प्रकाण्डलाई  केहि बेरपछि दाङ जिल्ला अदालत घोराहीमा उपस्थित गराउन लागिएको दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

१० बजे नै अदालतमा पेश गर्ने तयारीमा भए पनि सरकारी वकिलका कारण ढिला भइरहेको एसपी शर्माले जानकारी दिनुभयो । नयाँ व्यवस्था अनुसार सरकारी वकिलमार्फत अदालत पेश गर्ने व्यवस्था रहेको हुँदा आफूहरु सरकारी वकीललाई पर्खिरहको शर्माले  बताउनुभयो ।

चुनावको बेलामा मंसिर १२ गते दाङ तुलसिपुरमा नेपाली कांग्रेसको सभालाई लक्षित गरि भएको बम बिस्फोटनमा एक जना म्यादी प्रहरीको ज्यान गएको थियो । उक्त घटनाका  दोषी प्रकाण्ड भएको भन्दै उनी विरुद्ध मुद्धा दर्ता रहेको प्रहरिले जनाएको छ ।

भोजपुरबाट दाङ लगिएका प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी नियन्त्रणमै रहेका प्रकाण्डले पत्रकारसँग संक्षिप्त कुरा गर्दै अदालतको फैसला नमानेर वर्तमान सरकार अराजक बन्दै गएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया