वैदेशिक रोजगारीका सही सूचना गाउँमा पुर्‍याउने जनप्रतिनिधिको प्रतिबद्धता

 भदौ २४, २०७५ आइतबार १५:५२:५३
unn.prixa.net

खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिले वैदेशिक रोजगारीका सही सूचना आफ्नो क्षेत्रमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । 

बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजनाको विद्यालय तथा आमसञ्चार कार्यक्रम अन्र्तगत  निर्वाचित  जनप्रतिनिधिसँग गरिएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

वैदेशिक रोजगारीमा जाने युवाहरु सही सूचना नपाउँदा ठगिने र समस्यामा पर्ने गरेको भन्दै जनप्रतिनिधिहरुले उनीहरुलाई त्यस्ता समस्याबाट जोगाउन विदेश जानु अघि बुझ्नु र सिक्नुपर्ने कुराहरु जानकारी गराउने बताएका हुन् । 

कार्यक्रममा गाउँपालिकाका  प्रमुख कृष्णकुमार राईले आव २०७५/७६ मा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभियान चलाउन ५ लाख ५० हजार रुपैयाँ छुट्याएको जानकारी दिनुभयो । कार्यक्रममा सामी परियोजनाले जिल्लामा गरेका काम र आगामी योजना बारे पनि छलफल भएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया