मुलुकी सहिंता जारी भएपछि दाङमा सम्बन्ध विच्छेदको माग गर्ने पुरुषकाे संख्या बढ्दाे

 भदौ २४, २०७५ आइतबार १६:३०:२४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – भदौ एक गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी संहितामा व्यवस्था भएपछि दाङमा श्रीमतीसँग सम्बन्ध बिच्छेदको माग गर्दै पुरुषहरु अदालत जान थालेका  छन् । 

नयाँ संहिता लागू भएपछिको यो अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि परेका ३० मुद्दामध्ये २० वटा पुरुषले दायर गरेका मुद्दा रहेको अदालतले जनाएको छ ।

यो संहिता कार्यान्वयन हुनुअघि पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहे स्थानीय तह हुँदै अदालत जानु पर्ने झण्झटिलो व्यवस्था रहेका कारण पुरुषले सम्बन्ध विच्छेद माग गरेका मुद्दा अदालतमा नगण्य मात्रै पर्ने गरेका थिए । 

नयाँ संहिता लागू भएको १८ दिनको अविधमा २० जना पुरुषले श्रीमतीसँग र १० जना महिलाले श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेकौ जिल्ला न्यायाधिस हेमन्त रावलले बताउनुभयो ।

श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेका १० जना मध्ये ५ जना महिलाले अंशसहित सम्बन्ध विच्छेदको माग गरेका छन् । 

नयाँ मुलुकी संहिताले सम्बन्ध विच्छेद गर्दा महिलालाई सम्पत्ति दिनैपर्ने पुरानो बाध्यकारी व्यवस्था हटाएका कारण पनि अंशविना नै सम्बन्ध विच्छेदको मुद्दा आएको हुनसक्ने कानुन व्यवसायीहरुको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया