यसपटकको पद्मश्री पुरस्कार नयनराजको यारलाई, ताना शर्मालाई पद्मश्री साधना पुरस्कार

 भदौ २५, २०७५ सोमबार ७:२७:५८ | उज्यालो सहकर्मी

काठमाडौं – यसपटकको पद्यमश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे सम्मानित हुनुहुने भएको छ ।

संस्मरणात्मक कृति यारका लागि पाण्डेलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ । यस्तै यसपटकको पद्मश्री साधना सम्मानबाट डाक्टर तारानाथ शर्मालाई सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

पद्मश्री साहित्य पुरस्कारबाट वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ट एक कृतिलाई र पद्मश्री साहित्य साधना नेपाली साहित्यमा महत्वपूर्ण योगदान गर्ने श्रष्टालाई सम्मान गर्ने गरिन्छ । प्रतिष्ठानले २०७४ सालमा प्रकाशित साहित्यिक कृतिहरुमध्ये यारलाई सर्वोत्कृष्ट ठहर गरेको हो ।

यारमा निकट साथीहरुका माध्यमबाट नेपाली समाज साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट ढंगले प्रस्तुत गरेको ठहर गर्दै पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

यस्तै, झर्रोवादी आन्दोलनका अभियन्ता डाक्टर शर्मा, ३ दशकदेखि नियात्रा, निबन्ध, समालोचना, आख्यान अनुबाद र सम्पादन लगायत क्षेत्रमा विशिष्ट योगदान गर्नुभएको छ ।

दुवै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ । पुरस्कार आउँदो दशैको कोजाग्रत पूर्णिमाका दिन वितरण गर्ने तयारी छ । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया