सिनामंगलमा मोटरसाइकल दुर्घटना, ज्यान गुमाउनेको परिचय खुल्न बाँकी

 भदौ २५, २०७५ सोमबार ८:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनामंगल नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।  

बा ५८ प ४२९६ नम्बरको मोटरसाइकल पल्टिँदा चालकको ज्यान गएको तर परिचय खुल्न बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

 सोमबार राति साढे २ बजेतिर मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया