पहिरोका कारण बसन्तपुर–म्याङलुङ सडक अवरुद्ध

 भदौ २५, २०७५ सोमबार १५:४४:६ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – सडकमाथिबाट खसेको पहिरोका कारण कोशी राजमार्गसँग जोडिएको तेह्रथुमको बसन्तपुर–म्याङलुङ सडक खण्ड अवरुद्ध भएको छ । 

लालीगुराँस नगरपालिका–९ मा रहेको लसुने बजार नजिकै वाइन फ्याक्ट्री छेऊमा सोमबार मध्यान्ह पहिरो खसेको छ । 

पहिरो खसेपछि म्याङलुङबाट संखुवासभा, धनकुटा, काठमाडौँ र पूर्वी तराईका जिल्लातर्फ छुटे सवारी जान सकेका छैनन् भने धरान र अन्य विभिन्न ठाउँबाट म्याङलुङका लागि छुटेका गाडी र यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण हिलाम्मे सडकमा यात्रुहरुको विजोग भएको छ । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माणाधीन उक्त सडक खण्डमा खसेको पहिरो पन्छाउन जेसीबी भर्खरै पुगेकाले सडक खुल्न अझै केही समय लाग्ने यातायात व्यवसायी डिल्ली रेग्मीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया