४ बुँदे माग राख्दै राहत शिक्षकले गरे सामुदायिक विद्यालय बन्द

 भदौ २६, २०७५ मंगलबार १४:५२:३९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – ४ बुँदे माग राख्दै महोत्तरीका राहत शिक्षकहरुले जिल्लाभरिका सामुदायिक विद्यालय बन्द गराएका छन । 

राहत शिक्षक केन्द्रीय समितिको निर्णय अनुसार भदौ २६, २७ र २८ गते सामुदायिक विद्यालय बन्दको आयोजना आन्दोलनमा उत्रिएका हुन् ।

जिल्लाभरिमा रहेका हरेक सामुदायिक विद्यालय स्वतःस्फुर्त बन्द गरी प्रधानाध्यापक एवम शिक्षकहरुले आफूलाई सहयोग गरेको राहत शिक्षक संघर्ष समिति महोत्तरीका अध्यक्ष राजकिशोर सिंहले बताउनुभयो । यससम्बन्धमा आफूहरुले प्रदेश सरकार, स्थानीय तहलगायत शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसमक्ष लिखित रुपमै ज्ञापनपत्र बुझाइसकेको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

राहत शिक्षक संघर्ष समितिले एकमुष्ठ स्थायी गरिनुपर्ने, राहत शिक्षकको हकमा उमेर हकबन्दी हटाइनुपर्नेलगायतका माग राखी आन्दोलनमा उत्रेका हुन् ।

राहत शिक्षकले विद्यालय बन्द गरेपछि यहाँँका सामुदायिक विद्यालयमा अध्ययनरत हजारौ विद्यार्थीको पठापाठन प्रभावित भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया