‘सञ्जु’ मा हुनेछैन माधुरीको चर्चा, माधुरीकै अनुरोधमा हटाइयाे सबै दृश्य

 जेठ २०, २०७५ आइतबार २०:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सञ्जय दत्तको बायोपिक सञ्जुबाट माधुरी दीक्षितको अनुरोधमा उनी सम्बन्धीत सबै दृश्यहरु हटाइएको छ ।

सन् १९९० को दशकमा बलिउड धकधक गर्ल माधुरी दीक्षित र सञ्जय दत्तको प्रेम कहानीलाई लिएर मिडियामा हेडलाईनहरु बन्ने गर्थे ।
उनीहरुको प्रेम कहानी बलिउड फिल्म उद्योगमा समेत त्यतिकै चर्चाको विषय बन्ने गर्दथ्यो । तिनै सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ अहिले प्रदर्शनको तयारीमा रहेको छ ।

यसमा दर्शकहरुले माधुरी अनि सञ्जयबीचको प्रेम कहानी हुने अपेक्षा गरिरहेका छन् । तर यस फिल्मको टिजर, ट्रेलर र पहिलो गीत पनि सार्वजनिक भइसकेको छ, जसमा माधुरीसँगको कुरा कहीँ पनि जोडिएको छैन । 

यस अघिका खबर अनुसार माधुरी दीक्षितसँगको दृश्यको छायाँकन गरिसकिएको थियो । तर, अब ती दृष्यहरु फिल्ममा देखाइने छैनन् । माधुरी आफ्नो र सञ्जयबीचको सम्बन्धलाई फिल्ममा समावेश नगरियोस् भन्ने चाहन्थिन् । त्यसैले उनले फिल्मका निर्देशक तथा सञ्जय दत्तसँग यस विषयमा कुरा गरेकी छिन् ।

खबरहरुका अनुसार फिल्म ‘सञ्जु’मा माधुरीलाई जोडेर एउटा दृष्य छायाँकंन गरिएको थियो । फिल्ममा माधुरीको भूमिकामा करिश्मा तन्नाले अभिनय गरेकी थिइन् ।   दृष्यमा सञ्जय दत्तलाई गिरफ्तार गरिएको हुन्छ । जेल जानु अघि सञ्जयले माधुरीलाई फोन गर्छन् । तर त्यो फोन माधुरीले नभई उनकी आमाले उठाएर आफ्नी छोरीले उनीसँग कुनैपनि किसिमको सम्बन्ध राख्न नचाहेको कुरा बताउँछिन् ।   

माधुरीले आफुसँग सम्बन्धीत यस कुरालाई फिल्ममा देखाइन लागेको खबर थाहा पाएपछि निर्देशक हिरानीसँग कुरा गरेकी छिन् । माधुरीले त्यो दृश्य फिल्मबाट हटाउन आग्रह गरेपछि फिल्मबाट हटाइएको हो । 

सन् १९९० को दशकमा बलिउडमा हट जोडीको रुपमा चर्चित सञ्जय र माधुरी विवाह गर्नसम्म तयार रहेको कुरा मिडियामा आएको थियो । तर यी दुवैले आफुहरु प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक रुपमा भने कहिल्यै स्वीकार गरेनन् । 

सञ्जय सन् १९९३ मा जेल चलान भएका थिए । त्यस समयमा जेल जानु अगाडि प्रहरीसँग एक कल फोन गर्न स्वीकृति माग्दै माधुरीलाई फोन गरेका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया