प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कञ्चनपुर - प्रहरीले निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट रिहा भएका छन् ।
निर्मलाको भेजाइनल स्वाब (योनीमार्ग) मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि जिल्ला अदालतले मंगलबार विष्टलाई रिहा गरेको हो ।
विधि–विज्ञान प्रयोगशालाले दिएको रिपोर्ट अनुसार विष्टको डीएनए फरक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ । विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनलाई अभिभावकको जिम्मा लगाउन अनुमति दिएको जिल्ला न्यायाधिवक्ता खेमराज भट्टले जानकारी दिनुभयो ।
यता, निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् ।
सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको छ भने रोशनीलाई बिनाधरौटी अभिभावकको जिम्मा लगाइएको छ ।
प्रहरीले निर्मलाको बलात्कार र हत्याको एकमात्र अभियुक्त भन्दै भदौ ४ गते पत्रकार सम्मलेन गरी भिमदत्त नगरपालिका -१९, का स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
विष्टका आफन्त र स्थानीयले उनी मानसिक रुपमा अस्वस्थ रहेको बताएपछि सरकारी वकिलको कार्यालयले उनको स्वास्थ अवस्था जाँच र डीएनए परीक्षणका लागि काडमाडाैं पठाएको थियो ।
स्वास्थ्य परीक्षणपछि गएको शुक्रबार महेन्द्रनगर ल्याइएको विष्टलाई थप अनुन्धानका लागि भन्दै जिल्ला अदालत ५ दिनको म्याद थप गरेको थियो ।
विष्टको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा रहेको डीएनएसँग नमिलेपछि उनलाई अभिभावकको जिम्मा लिगाइएको छ ।
Bhupesh kumar mahara
Sept. 11, 2018, 7:13 p.m.को को छुटे र किन छुटे त्यो त थाहा भएन । तर एउटा सर्वसाधारण जनता लाई पक्राउ गरेर केरकार गरि निर्दोष नागरिकलाइ अपराधी हुँ भन्न बाध्य पार्न सक्ने प्रहरि। सरकारी अनुसन्धान टोलिले कारवाहिका निम्ति सिफारिस गरेका प्रमाणनस्ट गर्ने १८ जना प्रहरी सहित एसपिलाइ केरकार गरेर अनुसन्धान गर्न सक्छ कि सक्दैन ? कि कानुन हामिजस्ता सोझासाझा जनतालाइ मात्रै हो ?