सामसङको नयाँ ‘ग्यालेक्सी जेटु कोर’ सार्वजनिक, के छ विशेषता ?

 भदौ २७, २०७५ बुधबार ७:३१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो एन्ड्रोइड गो स्मार्टः ग्यालेक्सी जेटु कोर सार्वजनिक गरेको छ। यसमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषता रहेको इलेक्ट्रोनिक्सले जनाएको छ।

‘हामीहाम्रा सबै डिभाइसहरुमा एकदमै नवीनतम र उत्कृष्ट प्रविधि ग्यारेन्टीगर्न पूर्ण रुपमा प्रतिवद्ध छौँ जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस् । याे फाेनले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने आईम विजका प्रणय रत्न स्थापितले दाबी गर्नुभयाे । उहाँले भन्नुभयो 'जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेषगरी पहिलो पटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने छ ।'

के छन् विशेषता ?

ग्यालेक्सी जेटु कोरलाई यसरी डिजाइन गरिएको छ कि हरेक स्मार्ट फोनमा जस्तै यो प्रयोग गर्दा मल्टीमिडियाको अनुभव हुन्छ तर सामसङ डिभाइसका परम्परागत आकार र अनुभव पनि कायम नै राखिएको छ ।

यसमा 40x960 रिजोलुसन (inchquadHD) डिस्प्लेले एकदमै सफा र स्पष्ट दृश्य प्रदान गर्दछ । अझ थप यसमा रहेको अल्ट्राडाटा सेभिङ फिचरका कारण ग्यालेक्सी जेटु कोरले मितव्ययी डाटा प्रयोगका विभिन्न विकल्पहरु र सुझावहरु दिने गर्छ जसका कारण प्रयोगकर्ताले आफूलाई मन परेको अनलाइन विषयवस्तु मात्र हेर्न र प्रयोग गर्न सक्छन् र उनीहरुलाई आफ्नो डाटाको सीमितताको बारेमा चिन्ता गर्नु पर्दैन ।  

ग्यालेक्सी जेटु कोर स्मार्ट फोनमा दुई क्यामराहरु रहेका छन् । पहिलो ८ मेगा पिक्सल क्यामरा हो जसको ठ्याक्कै पछाडि फ्ल्यास रहेको छ । अर्काे चाहिँ अग्र भागमा नै ५ मेगा पिक्सल क्यामरा रहेको छ ।  दुवै क्यामेरा F 2.2 अपरेचर रहेको छ जसमा परिष्कृत वाइड एङगल फोटोग्राफीको सुविधा छ अनिव्युटी मोडको विशेषता रहेको छ जसका माध्यमले यसका प्रयोगकर्ताहरुले राम्रो आफ्नो तस्विर र सेल्फी लिन सक्छन् ।

सामसङ ग्यालेक्सी जेटु कोर अगष्ट १० देखि नेपालमा उपलब्ध हुने छ । यसको  मुल्य रु. ११,६९० रहेको छ भने यो सामसङको व्राण्ड पसलमा र अन्य रिटेल पसलहरुमा उपलब्ध हुने छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया