पहिलो ट्वेण्टी ट्वेण्टीमा बंगलादेशसँग अफगानिस्तान ४५ रनले विजयी

 जेठ २१, २०७५ सोमबार ६:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखलामा अफगानिस्तानले अग्रता लिएको छ । पहिलो खेल ४५ रनले जितेसँगै अफगानिस्तानले ३ खेलको शृंखलामा एक शून्यको अग्रता लिएको हो । 

अाइतबार रातिको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई १९ औ ओभरमा १ सय २२ रनमा अलआउट गर्दै अफगानिस्तान विजयी भएको हो । अफगानस्तानका रासिद खान र सपुर जर्दानले तीन – तीन तथा मोहम्मद नाबीले २ विकेट लिए । 

भारतको देहरादुनमा भएको खेलमा रासिदले ३ ओभरमा मात्र ३ विकेट लिन मात्र १३ रन दिए । 

पहिले ब्याटिङ गरेको अफगानस्तानका लागि मोहम्मद सेहजादले ४० र समिउल्लाह सेनवारीले ३६ रन बनाए । बंगलादेशका मोमदुल्लाह र अदुल हसनले २–२ विकेट लिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया