सडक दुर्घटनामा परेर ओमानमा पशु चिकित्सक डा‌. बिष्णुबाबु तिवारीको मृत्यु

 भदौ २७, २०७५ बुधबार १३:३६:१२ | उमाकान्त पाण्डे
unn.prixa.net

ओमान - ओमानमा भएको सडक दुर्घटनामा परेर पशु चिकित्सक डा. विष्णुबाबु तिवारीको मृत्यु भएको छ ।

ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा कार्यरत उहाँको दुर्घटनामा परेर सोमबार ज्यान गएको हो ।

मरुभूमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकर पल्टँदा उहाँको ज्यान गएको हो। ट्याङ्कर चालक भने सामान्य घाइते अवस्थामा उपचार गराइरहेका छन् ।

उहाँ दुखुम क्षेत्रस्थित मरुभूमिमा रहेका जंगली जनावरको उपचारमा सक्रिय हुनुहुन्थ्याे । तनहुँ स्थायी घर भई हाल काठमाडाैंमा बस्दै आउनुभएका तिवारी सन् २०१४ देखि दिवान कोर्टमा काम गर्दै आउनुभएको थियो । 

उहाँको शव अहिले दुखुम अस्पतालमा राखिएको छ। उहाँको शवलाई बुधबार मस्कटमा ल्याई नेपाल पठाउने तयारी भइरहेको छ। दुर्घटनास्थल मस्कटबाट झन्डै ७ सय किलोमिटर टाढा पर्छ।

मृतकको परिवारमा आमा बुवासहित एक श्रीमती र एउटा ४ वर्षीया छोरी भएको ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेतले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया