जोकोभिक १२ औँ पटक फ्रेन्च ओपनको क्वाटरफाइनलमा

 जेठ २१, २०७५ सोमबार ७:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार रातिको खेलमा स्पेनिस फर्नाण्डो भर्डास्कोलाई सोझो सेटमा हराउँदै सर्बियाली  जोकोभिचले अन्तिम आठको यात्रा तय गरे । उनले भर्डास्कोबिरुद्ध ६–३, ६–४ र ६–२ को सेटमा हराएका हुन् । 

आधुनिक ग्राण्डस्लाम इतिहासमा १२ पटकसम्म फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पुग्ने उनी पहिलो खेलाडी हुन् । तर, रोनाल्ड ग्यारोसमा जोकोभिच सन् २०१६ मा मात्र च्याम्पियन बनेका छन् ।

जोकोभिचले सेमिफाइनल प्रवेशका लागि इटलीका मार्को सेचिनाटोसँग खेल्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया