कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
विश्वकप विजेता टोली फ्रान्सका कप्तान ह्युगो लोरिसले सीमाभन्दा बढी रक्सी पिएर गाडी चलाएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
गएको अगस्ट २४ मा टोटेनह्याम र फ्रान्सका गोलरक्षक लोरिसलाई ग्लाउसेस्टरको चेक प्वाइन्टमा प्रहरीले रक्सी खाएर गाडी चलाएको अवस्थामा समातेको थियो ।
३१ वर्षीय लोरिसलाई वेस्टमिनिस्टर म्याजिस्ट्रेक कोर्टले दोषी ठहर गर्दै ५० हजार पाउण्ड जरिवाना तथा २० महिना गाडी चलाउन प्रतिबन्ध लगाएको छ ।
प्रहरीले अदालतलाई दिए बयान अनुसार लोरिसको स्वास्थ्य जाँच गर्दा प्रति ८० माइक्रोग्रामभन्दा बढी अल्कोहोलको मात्रा भेटिएको थियो । इंग्ल्याण्ड र वेल्समा ३५ माइक्रोग्राम सम्मको अल्कोहल सेवनलाई कानुनी मान्यता प्रदान गरिएको छ ।
गएको जुलाई १५ मा ह्युगो लोरिस विश्वकै सर्वाधिक चर्चित खेलाडीका रुपमा थिए । नहुन् पनि कसरी, उनकै कप्तानीमा फ्रान्सले विश्वकपको उपाधि उचालेको थियो ।
तर विश्वकप उपाधि उचालेका तीनै हातमा ४० दिनपछि भने प्रहरीको हतकडी लगाइयो । त्यतिमात्रै होइन, रक्सी पिएर गाडी चलाएको आरोपमा एक रात लोरिसले प्रहरी चौकीमै बिताउनुपर्यो ।
ह्युगो लोरिस सन् २०१२ देखि टोटेनह्यामबाट खेल्दै आएका छन् ।