हकीबाट सरदारले लिए सन्यास

 भदौ २८, २०७५ बिहिबार ६:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व भारतीय हकी टिमका कप्तान सरदार सिंहले सन्यासको घोषणा गरेका छन् । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका सिंहले बुधबार एकाएक सन्यासको घोषणा गरेका हुन् ।
 
उनले १२ वर्षसम्म भारतीय टिमबाट हकी खेलिसकेको बताउँदै अब नयाँ पिढीले नेतृत्व गर्ने बेला आएको बताएका छन् । सरदारले भारतीय सिनियर टिममा सन् २००६ मा डेब्यू गरेका थिए । उनी मध्यपंक्तिका मुख्य खेलाडी हुन् ।
 
३२ वर्षीय सरदारले ३ सय ५० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् भने सन् २००८ देखि सन् २०१६ सम्म कप्तानी भूमिका पनि थिए । उनी भारतीय खेलकुदमा सबैभन्दा युवा कप्तान भएका थिए भने २०१२ मा अर्जुन पुरस्कार पाएका सरदारले २०१५ मा पद्मश्री पुरस्कार पनि पाएका थिए ।
 
एसियाली खेलकुदमा भारतको निराशाजनक प्रदर्शन पछि उनले सन्यासको घोषणा गर्ने तयारी गरेका थिए ।
 
लगातार एसियाली खेलकूदमा स्वर्ण पदक जित्दै आएको भारतले यसपटक कास्य पदकमा चित्त बुझाएको थियो । हकी इन्डियाले राष्ट्रिय शिविरका लागि २५ सदस्यीय टिमको घोषणा गर्दा सिंहको नाम नपरेपछि सन्यासको घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
तर उनले यस विषयमा शुक्रबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रतिक्रिया दिएका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया