साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स खेल्ने

 भदौ २८, २०७५ बिहिबार ६:५७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स खेल्ने भएका छन् । बुधबार भएको सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै भारतले माल्दिभ्ससँगको खेल तय गरेको हो ।

पहिलो सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३–० ले हराएको थियो । भारतले भने पाकिस्तानलाई ३–१ ले हराएको थियो । पहिलो हाफमा भारतको यू–२३ लाई गोलरहित स्थितिमा रोकेको पाकिस्तानले दोस्रो हाफमा भने रोक्न सकेन । दोस्रो हाफको तेस्रो मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाए ।

त्यसपछि ६९औं मिनेटमा मनवीर सिंहले नै भारतका लागि दोस्रो गोल गरे । ८४औं मिनेटमा सुमित पास्सीले गोल गरेपछि भारतको अग्रता ३–० मा लम्बियो ।

८८औं मिनेटमा पाकिस्तान खेलमा फर्कियो । मोहम्मद अलिले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउन प्रयास गरेपनि थप गोल हुन नसक्दा पाकिस्तान बाहिरिन पुग्यो ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया