लागु औषधसहित ट्याक्सी चालक पक्राउ

 जेठ २१, २०७५ सोमबार ८:११:११ | उज्यालो सहकर्मी

रुपन्देही – प्रहरीले लागु औषध सहित एक जनालार्ई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ग १ ज २७८४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा चालक ३४ वर्षीय प्रकाश गिरीलाई पक्राउ गरिएको हो ।

उनलाई युनिभर्सल मेडिकल कलेजको कम्पाउण्ड भित्र ट्याक्सी पार्किङ गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नुफिन, डाइजेपाम र फेनारगन बरामद भएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया