प्रदेश ७ का १२ सांसदले बुझाएनन् सम्पत्ति विवरण

 भदौ २८, २०७५ बिहिबार १०:३१:२८ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेश ७ का ३३ जना प्रदेश सांसदहरुले सम्पत्ति विवरण बुझाएका छन् । तर १२ जना सांसदहरुले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्यमध्ये ७ जना मन्त्री र एकजना सभामुख छन् ।

७ जना मन्त्रीहरुले सम्पत्ति विवरण बुझाइसके पनि प्रदेशसभा सदस्यहरुले भने अहिलेसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । प्रदेश ७ मा रहेका ४५ जना प्रदेशसभा सदस्यमध्ये अहिलेसम्म ३३ जनाले सम्पत्ति विवरण बुझाएको प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले जानकारी दिनुभयो ।

उहाँले संघीय सरकारकै नियम अनुसार प्रदेशका कर्मचारी तथा सांसदहरुले सरकारलाई आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान रहेकाले सम्पत्ति विवरण माग गरेको बताउनु भयो । तोकिएको म्याद सकिन अब २ दिन बाँकी रहँदा १२ जना प्रदेशसभा सदस्यले विवरण नबुझाएको उहाँले जानकारी दिनुभयो ।

तोकिएको समय सीमा भित्र सांसद तथा अन्य कर्मचारीले सम्पति विवरण नबुझाएमा ५ हजार रुपयाँसम्म जरिवाना लगाइने प्रावधान रहेको प्रदेशसभा सचिवालयका सचिव शर्माले बताउनुभयो । ‘प्रदेशसभा सदस्यहरुलाई सम्पत्ति विवरण बुझाउन पटक/पटक जानकारी गराइएका छौ १२ जनाले बुझाउनु भएको छैन, उहाँले भन्नुभयो ‘समय भित्र नबुझाए कानुन अनुसारको प्रक्रिया थाल्ने छौ ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया