हरि खड्का महिला फुटबल टिमको प्रशिक्षक, पुरुष टिमको प्रशिक्षकमा बालगोपाल महर्जन

 जेठ २१, २०७५ सोमबार ९:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा हरि खड्का नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सँघ एन्फाले खड्कालाई महिला टिमको प्रशिक्षकका रुपमा नियुक्त गरेको हो ।

आउँदो डिसेम्बर महिनामा हुने दक्षिण एसियाली महिला फुटवल ‘साफ वुमेन्स च्याम्पियन्सीप’ का लागि खड्कालाई महिला राष्ट्रिय टिमको जिम्मा दिइएको अखिल नेपाल फुटबल संँघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

त्यस्तै, पुरुष राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनलाई दिइएको छ । आउँदो अगष्टमा हुने एसियाली च्याम्पियन्ससीप र सेप्टेम्बरमा हुने साफ च्याम्पियन्ससीप सम्मका लागि महर्जनलाई प्रशिक्षक नियुक्त गरिएको पनि महासचिव तुलाधरले जानकारी दिनुभयो । पुरुष टिमको मुख्य प्रशिक्षकमा जापानी ग्योटुकु कोजी रहनुहुनेछ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया