‘निजगढ विमानस्थल संसारकै हरियाली बन्छ, जम्मा साढे २ लाख रुख मात्रै काट्ने हो’

 भदौ २८, २०७५ बिहिबार १६:३४:३० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २५ लाख रुख काटिने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ । 

विमानस्थल बनाउनको लागि आशयपत्र माग गर्ने तयारी भैरहेका बेला २५ लाख रुख काटिने हल्ला हुनु नियोजित षड्यन्त्र भएको पनि उहाँले बताउनुभयो । उहाँले बढीमा २ लाख ४० रुख मात्रै काट्नुपर्ने अवस्था आउने पनि दावी गर्नुभयो ।

वन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मुल्याङ्खन ईआईए स्वीकृत गरिसकेको छ । अर्थ र पर्यटन मन्त्रालयको यही भदौ १३ गते बसेको बैठकले विमानस्थल सरकारी– निजी साझेदारी मोडलमा बनाउने यसअघि नै निर्णय गरिसकेको छ । विमानस्थल निर्माणको लागि १ खर्ब २१ अर्ब लाग्ने अनुमान छ । 

अहिले विमानस्थल बनाउन जम्मा १८ सय हेक्टरका बढीमा अढाई लाख रुख मात्रै काटिने भन्दै मन्त्री अधिकारीले सकभर २ हजार हेक्टर क्षेत्रफलमै दोहोरो रनवे बनाउने योजना रहेको जानकारी दिनुभयो । विमानस्थलको रनवे र अरु भौतिक संरचना बाहेकका ठाउँमा हरियाली बनाउने र विश्वकै नमुना विमानस्थल बनाउने पनि मन्त्री अधिकारीले जानकारी दिनुभयो । 

‘हामीले अहिले ८ हजार हेक्टर क्षेत्रफल लिन लागेको त हरियाली विमानस्थल बनाउनको लागि हो, तर यहाँ त रुख मास्ने भयो भनेर पो हल्ला चलाइयो’, मन्त्री अधिकारीले भन्नुभयो, ‘हामीले चाहिने भन्दा एउटा पनि धेरै रुख काट्दैनौँ ।’

साना रुख जरैदेखि उखेलेर नयाँ ठाउँमा रोपिने, वृक्षारोपणको अरुलाई नै

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल बन्ने ठाउँका साना रुख जरैदेखि उखेलेर नयाँ ठाउँमा रोपिने जानकारी दिनुभएको छ । ‘साना रुख उखेलेर नयाँ ठाउँमा रोप्ने प्रविधिको बारेमा छलफल भैरहेको छ, बेर्ना सार्दा हुर्कन धेरै समय लाग्छ, त्यसैले सानातिना बिरुवा जरैसित उखेलेर सार्ने बारेमा हामिले योजना बनाएका छौंँ’, मन्त्री अधिकारीले भन्नुभयो । 

निजगढमा जति रुख काटिन्छ, वातावरणीय अध्ययन प्रतिवेदनले भनेजस्तै गरी त्यत्ति नै नयाँ रुख रोपिने उहाँले बताउनुभयो । तर यसको लागि विमानस्थलको बनाउने कम्पनी, नागरिक उडड्यन प्राधिकरण या मन्त्रालयले नभई ठेक्का नै दिने योजना पनि मन्त्री अधिकारीले सुनाउनुभयो । 

‘हामीले निश्चित पैसा दिएर वृक्षारोपण गर्ने जिम्मा दिन्छौँ, हामीले तोकेअनुसार रुख हुर्कने र निश्चित उचाइको चाहिँ ग्यारेन्टी गर्छौँ’, मन्त्री अधिकारीले भन्नुभयो, ‘पहिले धेरै परियोजनापछि रोपिएका रुख धेरैजसो हुर्किएको हामीले पाएका छैनौँ, निजगढ विमानस्थलको लागि काटिने रुखको क्षतिपूर्तिस्वरुप रोपिने रुख चाहिँ हुर्काउँछौँ ।’

४ महिनामा आशयपत्रको काम सकिने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अबको ४ महिनाभित्र आशयपत्रको टुंगो लाग्ने भएको छ । अबको केही दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरले आशयपत्र माग गर्ने र ४ महिनाभित्रै त्यसको टुंगो लाग्ने उहाँले बताउनुभयो । आशयपत्रमार्फत छानिने कम्पनीले नै डीपीआर लगायतका सबै काम गर्ने मन्त्री अधिकारीको भनाई छ ।

काटिएका रुखको चुस्त व्यवस्थापन

मन्त्री अधिकारीले काटिएका रुखका पातको पनि सदुपयोग गरिने बताउनुभएको छ ।  ‘एउटा रुख पनि हामीले खेर फाल्दैनौँ, मुढा त भैहाल्यो पातको पनि सदुपयोग हुन्छ’, मन्त्री अधिकारीले भन्नुभयो, ‘हरेक दिन कति रुख काटिए र कति क्युफीट काठ उत्पादन भयो भनेर बेलुका नै जानकारी लिने योजना बनाएको छु ।’

 

याे पनि पढ्नुहाेस्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २४ लाख रुखको भूमरीमा पर्ने खतरा

 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

4 Comments

  • Padam joshi

    Sept. 22, 2018, 5:21 p.m.

    Dear honourable minister you are youth and many people believes you that you are appropriate leader of Nepal , but when you seated in the minister your all actions and activities are not sound for the sustainab development of the nation . why you doing such kinds of controversial decisions whic affect the nepalese trust upon you. From buying new plane , appointment of tourism board , making international airport in bara in the enviromentally most important forest covered areas. Why your are not listening the voices of the people who really love the Nepal and its natural beauty . why your are not serious to solve the problems of international airport to Kathmandu and corruption prevailed there? . why You aren't taking actions to complete the works for Pokhara and bhairhawa internal airport . ? I request you that please think seriously about ecosystem and biodiversity of Nepal before implementing of this new project , and try listen the voices of people and make this matter subject a national wide debatable .

  •  0 Reply
  • Dev

    Sept. 21, 2018, 8 a.m.

    (1) Nepali people may not deserve "Lavish Big Airport". You can not maintenance, keep clean, develop, manage and secure Tribhuvan International Airport. Why you need another? We do not need another insecure and corrupted people's headquarter in the name of Airport. (2) You do not have brain, ethics, responsibility, accountability, skill, talent and guts to protect and preserve nature and to build another Airport. Just do not destroy wild animal habitats, forest and nature.

  •  0 Reply
  • Sahadev NepalI

    Sept. 14, 2018, 11:28 a.m.

    भैरहवा र पोखरामा भएको विमान स्थल लाई बढाएर अन्तर्राष्ट्रिय विमान स्थल बनाउन पनि सकिन्छ भने किन हरियाली बन जङ्गल मास्ने ?

  •  0 Reply
  • Amarsingh oli

    Sept. 14, 2018, 9:37 a.m.

    निजगढ बिमानस्थल बनाउन २२लाख रुख कट्नु भन्दा बिमानस्थल निर्मान नगरेकै राम्रो प्राकृतिक सम्पदा लाई मासी एअरपोर्ट नबनाकै राम्रो बरु पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवा बिमानस्थल चाडो निर्मान गरे हुदैन र आखिर एउटा बिमानस्थल ले नि काम चलेकै त छ पोखरा र भैरहवा मा बिमानस्थल बने त trafic जाम कम हुन सक्दैन र रुख काट्नु भन्दा पोखरा र भैरहवा मा बेवस्थित र फराकिलो एअरपोर्ट बनानुहोस सरकार भएको प्राकृतिक सम्पदा मास्ननलगानु होस

  •  0 Reply

तपाईको प्रतिक्रिया