डोटीको रुपसकाँडामा ८ जना हेपाटाइटिसका ‘बी’ का बिरामी भेटिए

 भदौ २८, २०७५ बिहिबार १७:३०:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिका–२, रुपसकाँडा गाउँमा ८ जना हेपाटाइटिस ‘बी’ का बिरामी (संक्रमित) भेटिएका छन् । 

सामाजिक विकास मन्त्रालयको रोग नियन्त्रण महाशाखा तथा स्वाथ्य निर्देशनलय काठमाडांैबाट आएको टोलीले गाउँका एक सय १२ जनामा गरेको रगत परीक्षणबाट ४ जनामा  हेपाटाईटिस ‘बी’ को संक्रमण फेला पारेको हो । 

डाक्टर विकास दवाडीको नेतृत्वमा आएको टोलीले संक्रमितहरु फेला पारेको स्थानिय भरत कुँवरले जानकारी दिनुभयो । 

यसअघि स्थानीय मेडिकलमा रगत परीक्षण गर्दा अन्य चारमा पनि रोगको संक्रमण फेला परेको सामाजिक बिकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘स्वास्थ्य निर्देशनालयबाट गएको चार जनाको टोलीले जाँच गर्दा र चार जनामा संक्रमण फेला परेको छ, सबैको स्वास्थ्य उपचारका लागि पहल भईरहेको छ ।’ 

हेपाटाईटिस ‘बी’ को संक्रमण तथा अनुसन्धानका लागि मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरिरहेको उपचार संलग्न डाक्टर दवाडीले बताउनुभयो ।

‘हामी उपचारात्मक, प्रवद्र्धनात्मक र प्रतिकारात्मक सेवाका लागि सक्रिय रुपमा लागि परेका छौं, उहाँले भन्नु भयो ‘रोगको विषयमा कसैले पनि अनावश्यक र गलत प्रचार नगरिदिए हुन्थ्यो ।’

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया