निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्ट र छोराको डीएनए परीक्षण सुरु

 भदौ २८, २०७५ बिहिबार १८:३०:७ | उज्यालो सहकर्मी

काठमाडौं – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ ।

हत्या प्रकरणको दोषी अहिलेसम्म नभेटिएपछि एसपी विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु गरिएको हो ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका विधि विज्ञान विज्ञ डाक्टर हरिहर वस्तीसहितको टोलीले एसपी विष्टसहितको डीएनए परीक्षण सुरु गरेको हो । यसअघि प्रहरीले मुख्य अभियुक्त रहेको भन्दै दीलिप सिंह विष्टलाई पक्राउ गरी अनुसन्धान गरेको थियो तर उनको डीएनए र निर्मलाको शरीरमा भेटिएको डीएनए नमिलेपछि दीलिपलाई प्रहरीले रिहा गरेको थियो ।

स्थानीयवासीले निलम्बित विष्टको काम शंकास्पद रहेको भन्दै उनी र अन्य दुईजनामाथि अनुसन्धान सुरु गर्नुपर्ने दवाव दिँदै आएका थिए । घटना भएको दुर्इ महिना पुग्दा पनि हत्यारा पत्ता लगाउन नसकेपछि प्रहरीमाथि नै स्थानीयवासीले शंका व्यक्त गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

7 Comments

  • The reason to spoil the proof has already declares

    Sept. 15, 2018, 10:28 p.m.

    The reason to spoil the proof has already declared the culprits.why don't the concerned authority use third degree.they will easily vomit the fact.one way or the other reality has been exposed.just announcement left.criminal has no political ideals .So no political party said stand in defence

  •  0 Reply
  • होम गुरूङ्ग

    Sept. 14, 2018, 3:44 a.m.

    sp का बाबु छोरा र मेयर र भतीजाको DNA जाँच पहीलै गर्नू पर्दथ्यो, कीनाका sp ले मानसीक सन्तुलन गुमेको मान्छेलाई हीरासत मा लीन लगाऊँनू , मेयरको भतीजार sp का छोराबार बार त्यो घर मा आऊँने गर्द थे भनेर जनमानस बाट भनीरहँदा , यस बीषयमा sp लाई शूझाव दीनेमा कतै CDOपनी सँलग्न तछैन ?अर्को लास भएको ठाऊँ म मृतकको शरीरको कपडा त्यो ऊखुबारीको बर्षादको पानीमा धोई हाल्ने को हो , प्रमाण लुकाऊँनलाई यस्तो कीना गरीयो ,त्यसलाई समेत छानबीन गरी ऊचीत सजाय हुनू पर्द छ।

  •  0 Reply
  • कमल शर्मा

    Sept. 13, 2018, 10:13 p.m.

    यति लामो छानविन तन्कनुको पछाडि पक्कै पनि ठूलावडाकै मिलेमतोमा भएको भन्ने त भईसक्यो, ख़ाली त्यसलाई क़ानून बमाेजिम गर्न मात्र बॉंकी हो, मेरो प्रतिकिृया चॉंही यस्तो खाले घटनामा संलग्नलाई आजिवन कारावास भन्दापनि सिधै फॉंसी दिईयो भने यस्ता किसिमका घटना गर्ने र गराउने जो कोहीले पनि यस बारेमा मन मष्तिक मै ख्याल नराखोस जब सम्म कडा कानून तगडा बनाईदैन यस प्रकारका घटनाहरू दिनहु जसो घटिनैराख्ने छ र अभियुक्त कुनै न कुनै चयानल लगाएर फुत्किने छन् । बलियो कानून बनाउनु भन्दा अरू बिकल्प छैन ।

  •  0 Reply
  • 9804629109jeetu

    Sept. 13, 2018, 9:15 p.m.

    यो प्रक्रिया सही छ, यसले काम गरेन भने मसंग नयाँ तरिका छ /

  •  0 Reply
  • Anjany kumar baral

    Sept. 13, 2018, 9:08 p.m.

    Ke thaha ra DNA test ma katai bargening po holaki sabdhan. Dosi patta launai parchha

  •  0 Reply
  • सन्तोष देवकोटा

    Sept. 13, 2018, 8:56 p.m.

    शुरु मैं यिनिहरुको डिएनए परिक्षण गरेको भए यत्रो दुर्घटना नै हुदैनथ्यो । अझैपनि डिएनए को रिपोर्टमा जालसाजी गर्न सक्छन । मिडियाहरुले आफ्नो धर्म नछाडी रिपोर्टिंग गर्नुहोस ।

  •  0 Reply
  • Janardan Acharya

    Sept. 13, 2018, 7:31 p.m.

    एस पि डिल्ली राज विष्ट , मेयर सुरेन्द्र विष्ट तथा एस पि पुत्र र मेयर भतीज समेतकाे डि एन ए परीक्षण रिपाेर्ट सार्वजनिक गर्नु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया