नेपालगञ्ज गोल्डकप आजदेखि

 जेठ २१, २०७५ सोमबार १०:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – सोमबारदेखि नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सुरुवात हुँदैछ । आयोजक बाँके जिल्ला फुटबल संघले खजुरा गाउँपालिका ४ डी गाउँको नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालयमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

उद्घाटन खेल साँढे ४ बजे नेपालगञ्ज–११ र सशस्त्र प्रहरी एपीएफबीच हुने छ । प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदुपश्चिम ११, सशस्त्र प्रहरीको एपिएफ, फ्रेण्डस क्लब ललितपुर र सिएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको छ ।  प्रतियोगिता जेठ २६ गतेसम्म  सञ्चालन हुनेछ । 

प्रतियोगितामा पहिलो हुनेले ५ लाख, दोस्रो हुनेले दुई लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोवाइल प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राइकरलाई नगद १० हजार प्रदान गरिने भएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया