सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ए एट स्टार, यस्ता छन् विशेषता

 भदौ २९, २०७५ शुक्रबार ६:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सामसङ इलेक्ट्रोनिक्स नेपालले क्यामरा र परफरमेन्स प्रेमीहरुलाई लक्षित गरेर ग्यालेक्सी ए एट स्टार Galaxy A8 star सार्वजनिक गरेको छ ।

एकदमै पातलो डिजाइन एग्रोनोमिक पकड भएको फोनमा शक्तिशाली दुई इन्टेलीक्याम क्यामरा र अझ विकसित स्मार्ट फोनका विशेषताहरु छ । जसले ग्यालेक्सी ए ८ स्टारले प्रयोगकर्तालाई स्व–अभिव्यक्तिको उच्चत्तम स्मार्टफोनको अनुभूति दिलाउने कम्पनीको भनाई छ।

ग्यालेक्सी ए८ स्टारको फिचरहरुमा ६.३ इन्चको फूल एचडी प्लस सूपर एमालेड इन्फिनिटी डिस्प्ले 6.3” Full HD+ Super AMOLED Infinity Display राखिएको छ । जसमा १८.५.९ एसपेक्ट रेसियो रहेको छ, जसले प्रयोगकर्तालाई इम्प्रेसिभ र इनगेजिङ अवलोकनको अनुभूति दिन्छ । ग्यालेक्सी ए एट स्टारमा १६ मेगापिक्सेल र २४ एमपीको दुई इन्टेलीक्याम रहेका छन् । दुवै क्यामरा कम प्रकाशमा गरिने फोटोग्राफीको लागि एफ/१.७ एपरेचर सहित आएका छन् । थप यसमा २४ एमीको क्यामरा जसमा एफ/२.० एपरेचर रहेको इम्प्रेसिभ फ्रन्ट क्यामरा पनि रहेको छ ।

ग्यालेक्सी ए एट स्टार पहिलोपटक दुईवटा इन्टेलीक्याम विशेषता सहित आएको छ जसले जो कोहीलाई पनि व्यवसायिक फोटोग्राफर वनाउन सक्ने कम्पनीले दाबी गरेको छ । यसले जुनसुकै समयमा, जहाँसुकै ठाउँ र जस्तोसुकै प्रकाशमा गतिलो फोटो खिच्ने अवसर प्रदान गर्छ ।

सेल्फी प्रेमीहरुको मागलाई ध्यानमा राखेर, ग्यालेक्सी ए८ स्टारले केही नयाँ विशेषताहरु राखेको छ, जसले गर्दा एकदमै गज्जवको तस्वीर लिन सकिन्छ । यसमा स्मार्ट व्युटी मोड राखिएको छ, जसले गर्दा अनुहार वढी ग्ल्यामरस देखिन्छ । यसमा प्रोलाइट मोड पनि राखिएको छ जसले एउटा व्यवसायिक फोटो स्टुडियोको अनुभुति दिलाउँछ, साथै यसमा रहेको नयाँ विशेषता एआर स्टिकर्स AR stickers ले तस्वीरमा वढी रमाइलो र रंग भर्ने काम गर्दछ ।

‘यसमा ६.३ इन्चको इन्फिनिटी डिस्प्ले रहेको छ, यो स्लिम रहेको छ र ग्यालेक्सीका अन्य श्रृखंलावद्ध डिभाइसहरुजस्तै यसले पनि एउटा स्टाइल स्टेटमेन्ट वनाउने लगभग पक्का छ,’ आइएमएस विजका प्रमुख प्रणय रत्न स्थापितले भने ।

अलवेज अन डिस्प्लेले प्रयोगकर्तालाई आफ्नो फोन अनलक नगरीकन एक दृश्यमा नै आफूले चाहेको सूचनाहरु हेर्न सक्ने विशेषता प्रदान गरेको छ । यसमा दुईवटा म्यासेन्जरको सुविधा रहेको छ, त्यसैले प्रयोगकर्ताले आफ्नो फोन दुईवटा फरक म्यासेन्जर एकाउन्ट खोल्न र फोनमा जस्तै कार्यालय र व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी यो फोनमा भएको सेक्युर फोल्डरले प्रयोगकर्तालाई उनीहरुको महत्वपूर्ण फाइल, संवेदनशील विषयवस्तु र एप्सलाई कुनै पनि अनधिकृत आक्रमणबाट जोगाउन सक्छन् ।

ग्यालेक्सी ए एट स्टारमा ३,७०० एमएच व्याट्री रहेको छ भने फोनमा ६ जीवी र्याम र ६४ जीवी आन्तरिक स्टोरेज क्षमता रहेको छ, जसलाई माइक्रो एसडी कार्डमार्फत ४०० जीवीसम्म बढाउन सकिन्छ ।

यो मिडनाइट कलर र आइभोरी सेतो कलरमा उपलब्ध हुनेछ र यसको मूल्य ५९ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया