युएईमा रहेका नेपाली व्यवसायीसँग मिलेर काम गर्ने प्रतिबद्धता

 जेठ २१, २०७५ सोमबार १२:३१:४३ | उमाकान्त पाण्डे
unn.prixa.net

युएईमा रहेका विभिन्न देशका बिजनेश काउन्सिलका प्रतिनिधिले नेपाली व्यवसायीसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाली बिजनेस काउन्सिल युएईले यहाँ रहेका अन्य देशका काउन्सिल प्रतिनिधिसँग गरेको छलफलमा उनीहरुले ेपाली व्यवसायीसँग मिलेर कामगर्न तयार रहेको बताएका हुन् । 

काउन्सिलले आफ्नो दोस्रो साधारणसभाको अवसरमा बिजनेस नेट्वर्किङ विषयमा छलफल गरेको हो । कार्यक्रममा युएईमा रहेका भारतीय, पाकिस्तान र फिलिपिन्स बिजनेस काउन्सिलका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए । 

पाकिस्तानी कन्सुलेटबाट महावाणिज्यदूत डा.नासिर खान, फिलिपिन्स बिजनेस काउन्सिलका अध्यक्ष मिस मारियम, सिइओ क्लबका सिइओ डा.तारिख निजामी र पाकिस्तान बिजनेस काउन्सिलका उपाध्यक्ष कामरान अहमद लगायतले बोल्नुभएको थियो ।

नेपाली बिजनेस काउन्सिल युएईमा व्यवसाय गरिरहेका नेपालीहरुको प्रतिनिधिमुलक संस्था हो ।   

यसैबिच काउन्सिलको दोस्रो साधारणसभाले अध्यक्षमा डा. आशिफ अलि सिद्दिकीलाई दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरेको छ । 

आगामी दुवई एक्स्पो २०२० सम्मका लागि अध्यक्ष सिद्दिकीसहित उपाध्यक्षमा चन्द्रप्रसाद सापकोटा, नेत्रप्रसाद शर्मा, उमेशकुमार न्यौपाने, महासचिवमा दिपकराज पौडेल र कोषध्यक्षमा एकेन्द्रबहादुर थापालाई चयन गरेको हो । 

काउन्सिलको कार्यसमिति सदस्यमा सूर्यकुमार गिरी, मिलन बस्नेत, लोकेन्द्रबहादुर बम, अशोक खड्का, र होमबहादुर रानाभाट चयन हुनुभएको छ । काउन्सिलले रमदानको महिना भएकाले इफ्तार पनि प्रदान गरेको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया