मलेसियामा एक नेपालीको मृत्यु

 भदौ २९, २०७५ शुक्रबार १२:२८:४७ | रासस

बैतडी – सडक दुर्घटनामा परी मलेसियामा शुक्रबार एक नेपालीको ज्यान गएको छ । बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको दुर्घटनामा ज्यान गएको हो ।

कोठाबाट कामका लागि कम्पनी गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिदा गम्भीर भएका बोहोराको उपचारका क्रममा बिहान ७ बजे एक स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिनुभयो । 

बोहोरा गएको सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा काम गर्नुहुन्थ्यो । उहाँको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया