निर्मलाको परिवारले न्यायको खोजीमा छट्पटाउँदै हिँड्ने अवस्था आउनु दुःखद् : राष्ट्रपति

 भदौ २९, २०७५ शुक्रबार १३:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताउनु भएको छ ।

राष्ट्रपति भण्डारीले घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भीर ध्यानाकर्षण गराउनु भयो । राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्बद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गर्नुभयो ।

उहाँले बालबालिकाको हकहित संरक्षणमा सबै पक्षको सहयोगको आवश्यकतामा पनि जोड दिनुभयो । राष्ट्रपति भण्डारीले बालमैत्री समाज निर्माणमा सबैले सकेको सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भैरहेका यौनजन्य हिंसा, दूर्व्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले बाल अधिकार हननका घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गर्नुभयो ।

राष्ट्रपति भण्डारीले बालबालिका भोलिको समक्ष र योग्य नागरिक भएकाले उनीहरुको समग्र विकासमा आवश्यक संरक्षण प्रदान गर्न सरकार, अभिभावक, शिक्षालय सबैको योगदानको जरुरी रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

13 Comments

  • Adhikari padam

    Sept. 14, 2018, 5:30 p.m.

    Tapailai testo lagne bhaye tyo nirmalako baba ama lai pareko ghatana feeng tapaima hune bhaye Afnai srimanko ghatna ko pahile xanbin garnu hunthyo rashtrapati jyu. Lahacho parera nabolnus

  •  0 Reply
  • Amir

    Sept. 14, 2018, 4:35 p.m.

    Hijo rabi sirle anurodh garepaxi ball bolnu vayexa tara samay botyo aba kehi artha xaina

  •  0 Reply
  • Jhalak

    Sept. 14, 2018, 2:52 p.m.

    हुन चाहिँ कहिले सम्ममा हुने हो ।

  •  0 Reply
  • जीवन राई

    Sept. 14, 2018, 2:50 p.m.

    घटना भएको महिनौं बितिसक्दा पनि अपराधी पक्राउ गर्न नसक्नु, जनताले शान्तिपुर्ण ढङ्गले अपराधिलाइ कार्बाहिको माग गर्दा सरकारले दमन गरि जनताहरुमाथी गोलि प्रहर गरि हत्या गर्नुले यो सब सत्ताधारी सरकारका मान्छेले नै अपराध गराएको अनि अपराध ढाकछोप गरिरहेको स्पष्ट देखिन्छ। सत्तमा बसेर जनताहरुको सुरक्षा दिन नसक्ने सरकारको के नै महत्व रह्यो र ? हाम्री रास्ट्रपति ज्युको आँखा किन यति ढिलो खुल्छ?

  •  0 Reply
  • Bhupendra

    Sept. 14, 2018, 2:38 p.m.

    उहाले भखर खबर पाउनु भएको जस्तो छ

  •  0 Reply
  • शम्सेर मुम्हाे

    Sept. 14, 2018, 2:15 p.m.

    आज बालदिवस मनाईरहदा निर्मला पन्तकाे घटना सम्झिदा बालदिवस मनाउनुकाे अर्थ नरहेको महसुुस हुन्छर

  •  0 Reply
  • It tamang

    Sept. 14, 2018, 2:12 p.m.

    आफ्नै श्रीमानको हत्यारा पत्ता लगाउन सकेको छैन , बिचरा !

  •  0 Reply
  • गोपाल बस्नेत (आकाश )

    Sept. 14, 2018, 2:04 p.m.

    निर्मला पन्तले न्याय पाउनु पर्छ रास्ट्रपति को भनाई ठिक छ। सक्तिकेन्द्र को दबाबमा घटनाको सत्य तथ्य लाई दबाउन खोजीयो पुलिस प्रसासन निस्पक्ष रहेन यस्तो जघन्य अपराधीलाई बचाउन खोज्ने नेपाल सरकार को पुलिस प्रसासन को पसल बन्द गरे हुन्छ लोकतान्त्रिक ब्याब्स्था भएन।

  •  0 Reply
  • गोपाल बस्नेत (आकाश )

    Sept. 14, 2018, 2:03 p.m.

    निर्मला पन्तले न्याय पाउनु पर्छ रास्ट्रपति को भनाई ठिक छ। सक्तिकेन्द्र को दबाबमा घटनाको सत्य तथ्य लाई दबाउन खोजीयो पुलिस प्रसासन निस्पक्ष रहेन यस्तो जघन्य अपराधीलाई बचाउन खोज्ने नेपाल सरकार को पुलिस प्रसासन को पसल बन्द गरे हुन्छ लोकतान्त्रिक ब्याब्स्था भएन।

  •  0 Reply
  • JANAK khanal

    Sept. 14, 2018, 2:03 p.m.

    अनुसन्धान गरि बलात्कारी पत्ता लगाएर उसलाई नपुंसक बनाउनुपर्छ /

  •  0 Reply
  • गोपाल बस्नेत (आकाश )

    Sept. 14, 2018, 2:03 p.m.

    निर्मला पन्तले न्याय पाउनु पर्छ रास्ट्रपति को भनाई ठिक छ। सक्तिकेन्द्र को दबाबमा घटनाको सत्य तथ्य लाई दबाउन खोजीयो पुलिस प्रसासन निस्पक्ष रहेन यस्तो जघन्य अपराधीलाई बचाउन खोज्ने नेपाल सरकार को पुलिस प्रसासन को पसल बन्द गरे हुन्छ लोकतान्त्रिक ब्याब्स्था भएन।

  •  0 Reply
  • Hem Shaud

    Sept. 14, 2018, 1:57 p.m.

    If the case of NIRMALA SISTER WILL NOY BE SOLVED THEN ALL THE LEADERS OF NEPAL SHOULD BE GIVE UP THERI POST . REMEMBER THIS THINGS,WHAT ACTION WILL YOU TAKE IF YOUR DAUGHTER BE IN THAT SAME SITUATION. AND SHE DIE.

  •  0 Reply
  • abiral

    Sept. 14, 2018, 1:55 p.m.

    आफ्नै पतिको हत्याको बारेमा आजसम्म नबोलेकी मुर्तिले निर्मला हत्या प्रकरणबारे किन बोल्नु परेको होला ? पदको ख्यालनै नगरी , अलि होस गरेर मात्र बोल्ने गर है ।

  •  0 Reply

तपाईको प्रतिक्रिया