पत्रकार बस्नेत रिहा

 भदौ २९, २०७५ शुक्रबार १७:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  पत्रकार राजु बस्नेत रिहा भएका छन् । जिल्ला अदालत काठमाडाै‌ंले सामान्य तारेखमा छाड्न आदेश दिएसँगै बस्नेत रिहा भएका हुन् । 

यसअघि कागज गर्न र मेडिकल टेस्ट बाँकी रहेको भन्दै पत्रकार बस्नेतलाई अदालत परिसरबाट महानगरीय प्रहरी परिसर ललितपुर ल्याइएको थियो । 

 बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले पत्रकार बस्नेतलाई पक्राउ गरिराख्न नपर्ने आदेश दिएको हो । 

सम्मानित अदालतकाे आदेशपछि आफूहरुले पत्रकार बस्नेतलाई रिहा गरेको महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेल प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । 

केही दिनअघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए ।

दृष्टि दैनिकमा प्रकाशित ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने शीर्षकको समाचार उनले आफ्नो अनलाइन खोजतलास डटकममा साभार गरेका थिए । त्यो समाचारले विद्युतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो ।  

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया