अनेरास्ववियुले नै दियो सरकारलाई २४ घण्टे अल्टिमेटम : शनिबार दिउँसोसम्म एसपी बिष्टलाई पक्राउ गर्न माग

 भदौ २९, २०७५ शुक्रबार १७:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुले कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई २४ घण्टाभित्र कारबाही गर्न माग गरेको छ । 

काठमाडौंको सरस्वती क्याम्पसमा शुक्रबार विरोध प्रदर्शन गर्दै अनेरास्ववियुले शनिबार दिउँसोसम्ममा एसपी डिल्लीराज बिष्टलगायतलाई गिरफ्तार गरी डीएनए परीक्षण गर्न माग गरेको हो । प्रदर्शनमा अनेरास्ववियुका सचिव सुदेश पराजुलीले एसपी बिष्टलगायत घटनामा संलग्न रहेको आशंका गरिएकाहरुलाई बाहिर राखेर नभई गिरफ्तार नै गरेर डीएनए परीक्षण गर्नुपर्ने बताउनुभयो । 

यस्तै, हत्या, हिंसा, बलात्कार लगायत अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गर्दै नयाँ शक्ति पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै नयाँ शक्तिले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया