असाेजमा बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायाेजना हुने

 भदौ २९, २०७५ शुक्रबार २०:१८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - नेपाल भलिबल संघकाे सहयाेगमा अाउँदाे असोज २३ देखि २७ गतेसम्म बाग्लुङको गल्कोटमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायाेजना हुने भएको छ ।

बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडीलाई छनोट गरेर राष्ट्रिय महिला भलिबल टिम तयार पारिने नेपाल भलिबल संघले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण जिम्मेवारी बाग्लुङ भलिबल संघले लिएको छ भने नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ ।

प्रतियोगिताको विजेताले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । यस्तै विधागत रुपमा उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो र ब्लकरलाई ५–५ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । 

प्रतियोगिता सञ्चालनका लागि नेपाल भलिबल संघले बाग्लुङ भलिबल संघलाई ६ वटा बल, एउटा नेट र ५० हजार रुपैयाँ सहयोग गर्नेछ ।

यसका साथै शुक्रबारै नेपाल भलिबल संघले बाग्लुङ भलिबल संघसँग प्रतियोगिता आयोजनाका लागि सम्झौता पनि गरेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया