मिलनसँगकाे दुश्मनी बिर्सेर अघि बढे प्रदीप

 जेठ २१, २०७५ सोमबार १४:७:२१ | उज्यालो सहकर्मी

काठमाडौं – अभिनेता प्रदीप खड्का र निर्माता तथा निर्देशक मिलन चाम्सको सम्बन्ध बिग्रिएको कुरा वैशाख १३ गते आयोजना भएको एनएफडीसी अवार्डपछि टक अफ् द टाउन बन्यो । 

यस अवार्डमा उनीहरुले एकअर्कालाई देखेको नदेख्यै गरे जसले मिडियाका लागि खुराकमिल्यो । पछि मिडियासँग कुराकानीगर्दै मिलनचाम्सले प्रदीपलाई विभिन्न आरोप लगाए । प्रदीपले सिनेमामा अघि बढ्नु छ भने आफ्ना धेरै बानी सुधार्नुपर्ने भन्दै उनले प्रदीपको पोल खोलिदिने समेत बताएका थिए । तर प्रदीप यस विषयमा चुप रहे । 

त्यही रिसमा मिलनले प्रदीपसँग कहिल्यै काम नगर्ने पनि बताएका थिए । हुन पनि उनले ‘लिलिबिली’पछि प्रदीपसँग गर्ने भनेको सिनेमामा अनमोल केसीलाई अनुबन्धित गरेका छन् ।

उता प्रदीप पनि गोविन्द शाहीसँग मिलेर सिनेमा बनाउने तयारीमा छन् । यसैबीच आइतबार एक कार्यक्रममा मिलन र प्रदीप खड्का एक साथ देखिए जसले सबैलाई चकित बनायो । सिनेमा ‘लिलिबिली’ले ५१ दिन मनाएको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा यसको निर्माणपक्षले केक काट्यो ।

कार्यक्रममा प्रदिप खड्का, निर्माता गोविन्द शाही, सुदिप खड्का र निर्देशक मिलन चाम्स एउटै स्टेजमा देखिए । स्टेजमा पुग्ने बित्तिकै मिलन र प्रदिपले एकअर्कालाई अंकमाल गरे । उनीहरुले एक अर्कालाई केक पनि खुवाइदिए । कार्यक्रममा उनीहरुले एक अर्काको सम्बन्ध सधै सामान्य रहेको जस्तो देखाएका थिए । कार्यक्रममा प्रदीपले मिलनसँगको सम्बन्धको बारेमा पनि मुख खोलेका छन् । उनले जवाफमा दुश्मनलाई भन्दा पनि दुश्मनीलाई मार्नुपर्ने बताएका छन् ।

यसअघि प्रदीपसँग कहिल्यै काम नगर्ने बताउँदै आएक ामिलनले कार्यक्रममा भने प्रदीपलाई सुहाउँदो कथावस्तु मिलेको खण्डमा प्रदीपसँग काम गर्ने बताएका छन् । उता प्रदीपले पनि सिनेमा निर्माणका क्रममा यस्ता घटनाहरु हुने भन्दै दुश्मनी मार्नुपर्ने बताएका छन् ।

गरियो ‘लभ स्टेशन’को घोषणा

हिजोकै कार्यक्रममा प्रदीप खड्काको मुख्य भूमिका रहने गरी सिनेमा ‘लभ स्टेशन’को औपचारिक घोषणा पनि गरिएको छ । काफिया फिल्म्सको प्रस्तुतिमा बन्न लागेको सिनेमाको अहिलेसम्म मुख्य अभिनेता प्रदीप खड्का र निर्देशकमा उज्ज्वल घिमिरे फाइनल भएका छन् । सिनेमाका लागि दुई नायिकाको खोजी भैरहेको निर्माता गोविन्द शाहीले कार्यक्रममा बताए । यसअघि सिनेमाका लागि अभिनेत्री जसिता गुरुङ र साम्राज्ञी राज्यलक्ष्मीशाहको नाम पनि चर्चामा थियो ।

प्रेमकथामा आधारित यस सिनेमाको छायांकन नेपाल र अमेरिकामा गरिनेछ । गोविन्द शाही, उज्ज्वल घिमिरे र कृशु शाही निर्माताको रुपमा रहेको यो सिनेमा २०७५ फागुन २४ गते प्रदर्शनमा आउनेछ । 

–उज्यालो र गफगाफ डट कमको सहकार्यमा
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया