ढुंगा खसाल्ने क्रममा टिप्परमा १२ हजार भोल्टको करेण्ट लाग्यो : चालक र सहचालकको ज्यान गयो

 भदौ ३०, २०७५ शनिबार १२:५२:२२ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – ढुंगा लोड गरेको टिप्परमा करेण्ट प्रवाह हुँदा उदयपुरमा २ जनाको ज्यान गएको छ । 

उदयपुरको चौदण्डीगढी नगरपालिका –५, मा ना अ प १३२९ नम्बरको टिप्परबाट ढुंगा खसाल्ने क्रममा १२ हजार भोल्टको विद्युतीय तारमा छुन गई करेण्ट प्रवाह हुँदा टिप्परका चालक र सहचालक दुवैको ज्यान गएको हो । 

मृत्यु हुनेमा उदयपुर चौनपा –९, हडियाका निवासी टिप्परका चालक विष्णु कार्की र सहचालक भक्तबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया