गृहमन्त्री थापाको कार्यक्षमता कमजोर भएको गगन थापाको आरोप

 भदौ ३०, २०७५ शनिबार १६:३२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्य क्षमता कमजोर रहेको आरोप लगाउनु भएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कार्य क्षमता र सोचमा ‘बादल’ लागेकोले ‘गृहमन्त्री हामीलाई चाहिन्छ र ?’ भन्दै गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गर्नुभयो । पछिल्ला केही घटनामा गृहमन्त्री थापाले लिएका निर्णयले काम गर्ने क्षमता नभएको भन्दै गगन थापाले गृहमन्त्रीको आलोचना गर्नुभयो ।

यस्तै शनिबारको बैठकमा सांसद कृष्णकुमार राईले चाबहिल–जोरपाटी–साँखु सडकखण्ड समयमा नबन्दा स्थानीय जनप्रतिनिधिले सार्वजनिक रुपमा उभिन नसक्ने अवस्था आएको भन्दै सडक निर्माणलाई तीब्रता दिन माग गर्नुभयो । 

बैठकमा सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार कोष परिचालन नहुँदा दुर्गम र ग्रामिण क्षेत्रको साना–साना विकास आयोजना प्रभावित भएको गुनासो गर्नुभयो ।

सांसद कृष्णकुमार श्रेष्ठले कलंकी–नागढुंगा र नागढुंगा–नौबिसे सडकखण्डमा हुने सवारी जामले काठमाडौं बाहिर जाने नागरिकले दुःख पाउने गरेको भन्दै दशैं अगाडि जाम कम गर्न सरकारसँग माग गर्नुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • Mohan sunuwar

    Sept. 15, 2018, 4:43 p.m.

    गर्नु खोज्दा गर्न नदिने, अनि कार्यक्षमता कमजोर भन्ने ? वाहियात !

  •  0 Reply

तपाईको प्रतिक्रिया