हराएका सञ्चारकर्मी सात वर्षसम्म पनि आएनन्, आमा रुँदै पर्खँदै

 भदौ ३०, २०७५ शनिबार १७:४:३४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको रेडियो तमोर १०२ मेगाहर्जमा कर्यरत मदन पौडेल बेपत्ता भएको सात वर्ष भए पनि अहिलेसम्म उनको ठाउँ–ठेगाना पत्ता लाग्ने सकेको छैन ।

सात वर्षदेखि बेपत्ता छोरा आउने बाटो कुरेर आमा टोमादेवी पौडेल बसिरहनुभएको छ । घरबाट रेडियो तमोर जान्छु भनेर हिँडेको छोरो अब कहिले आउछ ? भनेर आमा कुरेर बसेको बताउनुहुन्छ । अहिलेसम्म छोरो सम्झेर रुँनु बाहेक अरु केही नभएको उहाँको भनाई छ ।

आमा टोमादेवी मदनको नाम लिदै टोलाउने गर्नुहुन्छु । बेपत्ता मदनका बुबा नरप्रसादले भन्नुभयो, ‘छोरो हराएको सात वर्षसम्म प्रहरी प्रशासनले किन राम्रो खोजतलास गर्दैन ? खोजतलासको लागि प्रहरी प्रशासनले चासो नदेखाएकाले अहिलेसम्म सत्य तथ्य फेला नपरेको उहाँले दुखेसो गर्नुभयो ।

प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङलाई लिएर जिल्ला प्रहरी प्रमुखसँग गएर मदनको बारेमा भने पनि प्रहरी प्रशासनले खोज तलासलाई कुनै प्राथमिकता नराखेको मदनका बुबा नरप्रसादले गुनासो गर्नुभयो ।

प्रहरी प्रमुखले कोहीसँग शंका लागेमा भन्नु भनेर आफैलाई अराएको समेत उहाँले बताउनुभयो । ‘हामीलाई थाहा भए किन खोजतलासका लागि प्रहरीलाई भन्नु, सिधै उसैलाई देखाउँदा हुन्थ्यो होला नि’, मदनका बुवाले भन्नुभयो, ‘प्रहरी प्रशासन खोजतलास नगर्ने मनस्थीतिमा पुगेको रहेछ ।’

आमा टोमादेवीले रुँदै भन्नुभयो, ‘पत्रकार नानीहरुले कसरी हुन्छ, कसलाई भनेर हुन्छ जसरी भए पनि सत्य तत्थ्य पत्ता लगाइ सहयोग गर्नुपर्‍यो । २०६९ साल भदौ ३१ गते ताप्लेजुङको पहिलो डान्स स्टार ०६९ को कार्यक्रममा रोडियो पार्टनरको हौसितमा तत्कालीन फुलबारी गा.वि.स.मा गएका बेला बेपत्ता भएका मदन अहिलसम्म बेपत्ता नै रहेका छन् ।

त्यतिबेला कार्यक्रम स्थल फूलबारी पुगेपछि एक महिला मौसमी पाण्डेसगँ गफ गरेर बसेका बखत  दुई युवकले आक्रमण गरेकको बताइएको थियो । 
तत्कालीन नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित टोलीले समेत छानबिनको लागि प्रतिवेदन तयार पारेर केन्द्रिय समितिमा समेत बुझाएको थियो ।

तर, त्यो प्रतिवेदन प्रतिवेदनमा नै सिमित भएको छ । अहिलेसम्म पत्रकार महासंघ केन्द्रले मदनको खोज तलासको लागि कुनै पहल नगरेको बताइन्छ । 
 
 

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया