राधाकृष्ण बुढ्थापा घटनाको छानबिनमा स्थानीय असन्तुष्ट

 भदौ ३०, २०७५ शनिबार १७:१३:५० | नेत्र शाही
unn.prixa.net

जुम्ला - गएको साउन २० गते  भएको नयाँ शक्ति नेपाल जुम्लाका नेता बुढ्थापाको घटनाको उच्च स्तरीय छानबिन समितिले एक सातामा जुम्लामा गरेका कामको जानकारी गराएको छ ।

गृहमन्त्रालयका सहसचिव गोपाल प्रसाद अर्यालकोे संयोजकत्वमा ६ सदस्यीय टोली सत्य छानबिनका लागि भदौ २० गते जुम्ला पुगेको  थियो ।

बुढ्थापाको घटना प्रकरणबारे छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिको टोलीले एक साताभरि गरेको काम बारेमा सार्वजानिक गरेको प्रतिवेदनमा केही आशंकाहरु हटाउनुपर्ने भन्दै भएका कामहरुको पत्रकारसहित राजनैतिक दल र सर्वपक्षीय बैठकमा जानकारी गरिएको हो  । 

छानबिन समितिले सुनाएको प्रतिवेदनमा भने स्थानीयले रोष प्रकट गरेका छन् । 

उनीहरुले अब  सरकारसँगको आशा निराशामा बदलिएको बताएका छन् । तर छानविन समितिले भने यो अन्तिम प्रतिवेदन नभई साराँशमा भ्रम भएका विषयहरुलाई हटाउन जानकारी गरिएको बताएको छ । 

समितिले गरेको कामको विषयमा वोल्दै नेकपाका नेता पूर्णप्रसाद धितालले तथ्य तोडमोड गरिए राम्रो नहुने बताउनुभयो । 

नेपाली कांग्रेसका गौरीनन्द आचार्यले छानबिन समितिको प्रतिवेदनले प्रहरीको पूर्ण बचाउ गरेको भन्दै यस्तै हो भने राज्यमाथीको विश्वास टुटदै गएको बताउनुभयो ।

मृतका आफन्त बिजय वुढ्थापाले घटनाको समयमा होटल स्विच नगरिनु, घाँटीमा सलले उद्धार गरिएको प्रतिवेदनमा नआएको आक्रोस गर्नुभयो । 

छानविनि समितिले भने घटना अदालत पुगिसकेकाले भने धेरै कुरा भन्न नमिल्ने र अदालतले सत्य कुराको न्याय दिने दावी गरेको छ । 

समितिले निस्कर्ष सहितको अन्तिम प्रतिवेदन भने गृहमन्त्रालयलाई तोकिएको १५ दिन भित्र उपलब्ध गराउने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया