कञ्चनरुप र हनुमाननगर नगरपालिकाका विद्यालय तीन दिनका लागि बन्द

 भदौ ३०, २०७५ शनिबार २०:२६:२४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – स्वाइन फ्लू र हङकङ फ्लूको प्रकोप फैलिएसँगै सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिकाका शैक्षिक संस्था तीन दिनका लागि बन्द गरिएको छ ।

दुवै नगरपालिकालाई विपत् क्षेत्र घोषणा गरिएसँगै शनिबारदेखि विद्यालय बन्द गरिएको हो । स्वाइन फ्लू र हङकङ फ्लूको प्रकोप नियन्त्रणका लागि एक हप्तादेखि दुवै नगरपालिकामा स्वास्थ्य परीक्षण भैरहेको छ ।

पाँच ठाउँमा राखिएको स्वास्थ्य शिविरमा १ सयभन्दा बढीले रगत जाँच गराएका छन् । रगत थप परीक्षणका लागि काठमाडौं ल्याइएको जिल्ला अस्पताल कञ्चनपुरले जनाएको छ । अहिले रोगबारे जनचेतना फैलाउने काम पनि भएको र यसले प्रकोप नियन्त्रणमा सहयोग पुगेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपत् क्षेत्र घोषणा गरेको छ । प्रकोपका कारण अहिलेसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् ।

१७ सय बढी बिरामी छन् । बिरामीमा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया