विश्व मिडिलवेट बक्सिङको उपाधि साउल क्यानेलोलार्इ

 भदौ ३१, २०७५ आइतबार १२:१४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व बक्सिङ महासंघको विश्व मिडिलवेट उपाधि साउल क्यानेलो अल्भारेजले जितेका छन् । अमेरिकाको लास भेगासमा भएको खेलमा काजकिस्तानका गेनाडी गोलोभ्किनलाई अंकका आधारमा पराजित गर्दै अल्भारेजले उपाधि जितेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा अल्भारेजले गोलोभ्किनलाई चार अंकले पराजित गरे । आजभन्दा ठिक एक वर्षअघि भएको यी दुई खेलाडीबीचको प्रतिस्पर्धा बराबरीमा सकिएको थियो ।

पहिलो राउण्डमा ११४–११४ अंकको बराबरी भएको म्याचको दोस्रो राउण्डमा अल्भारलेले दुई अंकको अग्रता लिए । दोस्रो राउण्ड ११५–११३ मा सकिएको थियो । तेस्रो राउण्डमा पनि ११५–११३ अंकले गोलोभ्किनलाई पछि पार्दै अल्भारेजले उपाधि जिते । ४० खेलमा अपराजित रहेका गोलोभ्किनको यो ब्यावसायिक बक्सिङमा पहिलो हार हो ।

पराजयपछि गोलोभ्किनले अल्भारेज भन्दा राम्रो खेलेको प्रतिक्रिया दिए । ‘आज कसले जित्यो भन्दापनि निर्णायक अनुशार क्यानेलो (अल्भारेज) ले जितेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया