प्रहरीले गरे एकलाख रुपैयाँभन्दा बढीको पटाका नष्ट

 भदौ ३१, २०७५ आइतबार १५:५५:१४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीस्थित इलाका प्रहरी कार्यालय गौशालाले एकलाखभन्दा बढी मूल्य बराबरको पटका नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

आइतबार दिउँसो कार्यालयको परिसरमा पत्रकार सम्मेलन गरी नियन्त्रणमा लिएको १ लाख ५ हजार रुपैयाँ बराबरको पटाकालाई पानीले भिजाएर प्रहरीले नष्ट गरेको हो । गएको भदौ २३ गते प्रहरीको गस्ती टोलीले औरही नगरपालिका ४ कलिवासीमा बेवारिसे अवस्थामा रहेको भारतीय कम्पनी नागिन ब्रान्डको ७० ब्यान्डल पटाका नियन्त्रणमा लिएको थियो ।

भारतीय सीमावर्ती क्षेत्रबाट गौशालातर्फबाट ल्याउँदै गरेको अवस्थामा बेवारिसे अवस्थामा रहेको पटाका प्रहरी नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक प्रदीप भगतले बताउनुभयो । दिपावली आउनै लागेको समयमा व्यापारीले पटाका ल्याउँदै गरेको तर प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया