जब गोविन्दाकी श्रीमतीले फ्यानको हातबाट फोन लिएर अाफै‌ले सेल्फी खिचिदिइन्...

 भदौ ३१, २०७५ आइतबार १६:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनीता आहुजाको गणेश चतुर्थीको अवसरमा लिइएको एक भिडियो यतिबेला भाइरल भइरहेको छ । भिडियोमा साडी र परम्परागत गरगहनामा सजिएकी सुनीता निकै सुन्दर देखिएकी छिन् । 

गणेश चतुर्थीको अवसरमा एक जना फ्यानले उनीसँग सेल्फी खिच्न खोज्दा ति फ्यानसँग सुनिताले गरेको व्यवहार देखेर फ्यान त खुशी भए नै सँगै उनको त्यो भिडियो हेर्ने दर्शकहरु पनि उनको प्रशंसा गरिरहेका छन् ।

उनको यस भिडियो हेर्नेको संख्या ५ लाख भन्दा धेरै पुगिसकेको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Voompla (@voompla) on

भिडियोमा सुनीता आहुजा नजिक आएर एक जना फ्यान सेल्फी खिच्ने कोशिश गर्छन् तर उनले राम्ररी फोटो खिच्न नसक्दा सुनीता उनको हातबाट फोन लिन्छिन् र ती फ्यानसँग फोटो खिच्छिन् । त्यसपछि मुस्कुराउँदै उनलाई फोन दिन्छिन् ।

उनको यस किसिमको व्यवहारले त्यहाँ उपस्थित सबैजना खुशी देखिन्छन् । सुनीताको यही व्यवहारको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

सुनीता आहुजा नेपाली चेली हुन् । उनका पति अभिनेता गोविन्दा उनको डान्स स्टाइल र अभिनयका कारण दर्शकमाझ निकै चर्चित छन् । 

गोविन्दा झैं उनकी पत्नी सुनीता पनि आफ्ना फ्यानको निकै ख्याल राख्छिन् । साथै गोविन्दाको हरेक चिजमा सुनीताले साथ दिँदै आइरहेकी छिन् । अभिनेता गोविन्दा अहिले नेपाल आएका छन् । 
 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Bharat Kumar Sunar

    Sept. 17, 2018, 7:13 a.m.

    नेपालको संस्कार पाएको चेलीको अर्कै सम्मान हुन्छ फ्यान समक्ष , so I'm proud of her...

  •  0 Reply

तपाईको प्रतिक्रिया