स्वचालित पेस्तोलसहित एकजना पक्राउ

 भदौ ३१, २०७५ आइतबार १८:१४:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नं १३ बडहराका वीरबहादुर चौधरी पेस्तोलसहित पक्राउ परेको छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले २७ वर्षका चौधरीलाई पक्राउ गरेको हो । घोराही –१५, बुद्धि ग्यारेज नजिकबाट चौधरीलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि पोखरेलले जानकारी दिनुभयो । चौधरीले पाइन्टको बेल्टमा पेस्तोल लुकाइराखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

स्वचालित (एटोमेटिक) पेस्तोल मेड इन यूएसए लेखिएको ६.६५ क्यालिभरको पेस्तोल, म्यागजिन र गोली ४ राउण्ड र उनी चढ्ने मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया