१ करोड ५ लाख धरौटी बुझाउन नसक्दा उद्योगी दाहाल थुनामा

 जेठ २१, २०७५ सोमबार १७:३४:३३ | गोपाल भण्डारी

कपिलस्तु – धरौटी रकम बुझाउन नसकेपछि डिस्टिलरी सञ्चालक देवराज दाहाललाई आन्तरिक राजश्व कार्यालयले पक्राउ गरी थु्नामा राखेको छ । 

पक्राउ परेका दाहालमाथि आन्तरिक राजश्व कार्यालयको नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको आरोप लागेको छ । 

दाहालसँग आन्तरिक राजश्व कार्यालय कृष्णनगरले एक करोड पाँच लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनलाई कपिलवस्तु कारागारमा थुनामा राखिएको हो ।  

थुनामा रहेका दाहाल उपर दर्ता गरिएको अभियोग पत्रको नक्कल र मिसिलहरुको प्रतिलिपि माग्दा आन्तरिक राजश्व कार्यालयले. उपलब्ध नगराएको दाहाल तर्फका कानुन व्यवसायी लेखनाथ दाहालले सञ्चारकर्मीलाई बताए । मुद्धा थप अनुसन्धान प्रक्रियामै रहेका कारण मिसिलको प्रतिलिपि दिन नमिल्ने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 

सरकारी पक्षबाट हराएको स्टिकर बृद्धि डिस्टिलरीको रक्सीको ३ सय ४० वटा कार्टुनमा लगाइएको भेटिएपछि दाहाललाई पक्राउ गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया