आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदै

 असोज १, २०७५ सोमबार ८:१३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारासहित आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो । 

विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो । नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन । 

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको सम्मुन्नति हासिल गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नु भएको छ । 

यसैबीच, नेपाल एस्ट्रोनोमी सोसाइटीले विज्ञान दिवसको अवसरमा कार्यक्रम गर्दैछ । सोसाइटीले अन्तरिक्ष चित्रकाला प्रतियोगिताका लागि आजैदेखि आवेदन फारम खुलाएको छ । आवेदन फारम भरेकाबाट छनौट गरी पिपुल्स चोइस भोटिङमा पठाउने र त्यसपछि पहिलो हुनेलाई टेलिस्कोप वितरण गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया